जुम्लामा १४ कैदीवन्दीले कारागारबाट भोट हाल्दै

हिमालय टाइम्स
Read Time = 3 mins

जुम्ला । आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा जिल्ला कारागार कार्यालय जुम्लाबाट १४ कैदीबन्दीले अस्थायी मतदाताका रुपमा भोट हाल्न पाउने भएका छन । कारागारमा १०७ जना कैदीवन्दी मध्ये १४ जनाले मतदान गर्न पाउने भएका छन् । नेपाल सरकारले कैदीवन्दीलाई पनि मताधिकार प्रयोग गर्न पाउने व्यवस्था गरेपछि मतदान गर्न पाउने भएका हुन् ।

मतदाता नामावली भएका १४ जना सवै पुरुषले प्रतिनिधिसभाको समानुपातिकतर्फमा आफ्नो मताधिकार प्रयोग गर्नका लागि कारागारमा अस्थायी मतदान व्यवस्थापन गरिएको जेलर विष्णुबहादुर महतले बताउनुभयो । कैदीवन्दीले समानुपातिक तर्फ मात्रै मतदान गर्न पाउने व्यवस्था रहेको निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । निर्वाचन आयोगले मागगरे बमोजिम कारागारबाट १०७ बन्दीको नामावली पठाएको र नामावली पठाएकामध्ये १४ जनाको अन्तिम नामावलीमा नाम देखिएको जिल्ला निर्वाचन कार्यालय जुम्लाका प्रमुख महेश शर्माले जानकारी दिनुभयो ।

अस्थायी मतदाताका रुपमा मताधिकारको प्रयोग गर्न पाउने भएकाछन् । जिल्लामा नेपाली सेना, नेपाल प्रहरी, निजामति कर्मचारीसहित एक हजार मतपत्र समानुपातिकतर्फ आएको निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । जिल्लामा १०६ मतदान केन्द्र, ८३ वटा मतदान स्थल र २ वटा अस्थायी मतदान केन्द्र कायम गरिएको छ । जुम्ला लगायत कर्णाली प्रदेशका विभिन्न जिल्लामा बन्दी जीवन बिताइरहेका तीन सय ४८ कैदीबन्दीले मताधिकार पाएकाछन् ।

आमनिर्वाचनका लागि मताधिकार प्रयोग गर्न पाउने भएका हुन । फौजदारी कसुरको अभियोग लागेर कारागार पर्नुअघि फोटोसहितको मतदाता नामावली भरेकाहरूले मात्र मतदान गर्न पाउने कानुनी व्यवस्थाअनुसार कैदीबन्दीले मताधिकार प्रयोग गर्न पाउने निर्वाचन कार्यालय जुम्लाले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?