विशेष अदालतको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतले गरेको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

विशेष अदालतले भ्रष्टाचारसम्बन्धी ९ वटा मुद्दाको गरेको फैसलाप्रति चित्त नबुझेर मंगलबार सर्वोच्च अदालतमा पुनरावेदन गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयाे ।

एक साताअघि पनि आयोगले विशेष अदालतबाट भएका १२२ वटा भ्रष्टाचारसम्बन्धी मुद्दाको फैसलाविरुद्ध सर्वोच्चमै पुनरावेदन गरेको जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?