संविधान जोगाउन गठबन्धनः नेता आचार्य

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 4 mins

रुपन्देही । नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव डिलाराम आचार्यले एमाले अध्यक्ष केपी ओलीले संविधान नै मास्न खोजेपछि गठबन्धन गर्नु परेको बताउनु भएको छ ।

बुधबार रिपोर्टस क्लब नेपाल लुम्बिनी प्रदेशको आयोजनामा सन्धिखर्कमा भएको साक्षात्कार कार्यक्रममा बोल्दै नेता आचार्यले जनताको संघर्ष र बलिदानबाट प्राप्त संविधान जोगाउनका लागि पाँचदलिय गठबन्धन एकै ठाउँमा उभिएको बताउनुभयो ।

पाँचदलिय गठबन्धन सत्तामा पुग्नको लागि नभई मध्यरातमा राष्ट्रपतिकोमा प्रधानमन्त्री पुगेर संसद विघटन गर्ने, संविधान मास्ने काम भएकाले सडकमा आन्दोलन गरेर संविधान जोगाउँन बनेको गठबन्धनलाइ निरन्तरता दिएको बताउनुभयो ।

मुख्यतया दश वर्षिय माओवादी जनयुद्वका गम्भीर विषयमा एमाले सधै भाग्ने गरेको भन्दै यसको समाधानमा माओवादी केन्द्र र नेपाली कांग्रेस शान्ति प्रक्रिया देखि अहिलेसम्म विभिन्न चरणका समस्या समधानमा गर्न एकसाथ अगाडि बढेको बताउनुभयो । देशभरमा गठबन्धनको दुईतिहाई आउने सचिव आचार्यले जिकिर गर्नुभयो ।

नेपाली कांग्रेसका नेता तथा पुर्व पर्यटन राज्यमन्त्री रेवती प्रसाद भुसाले एमालेका सचिव टोपबहादुर रायमाझीले अर्घाखाँचीमा निर्वाचन जित्ने आफ्नै चरित्रका कारण जित्ने आधार गुमाइ सकेकोले गठबन्धनका उम्मेदवार प्रतिनिधि सभा सदस्यमा पुष्पा भुसाल, प्रदेश सभा (क) मा सागर केसी, प्रदेश सभा (ख) मा कमल भुसालको जित्ने ठाेकुवा गर्नुभयोे । जिल्लाको विकास, समृद्वी र सुशासनको लागि गठबन्धनलाई जिताउन आवश्यक रहेको बताउनुभयो ।

यस्तै एमाले केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्ला ईन्चार्ज चन्द्रबहादुर खड्का (उज्ज्वल) ले संगठित पार्टी र विकास प्रेमी नेता टोपबहादुर रायमाझीको विकल्प नभएको बताउनुभयो ।

उहाँले गठबन्धन भित्र एक रुपता नभएकाले पनि जित्ने आधार तय भएको समेत दाबी गरे, खड्काले समृद्ध अर्घाखाँची बनाउन उदेश्यका साथ केन्द्रमा टोपबहादुर रायमाझी प्रदेश सभा (क) मा चेतनारायण आचार्य, प्रदेश सभा (ख)मा रामजी प्रसाद घिमिरे जित्ने बताउनु भएको छ ।

नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य आलोक रायमाझीले नेकपा एमाले पार्टी नभई केपी ओलीको प्रा.लि रहेको बताउनुभयो । उहाँले जिल्लाबाट लगातार तीन पटक सम्म निर्वार्चित भएर विकासको नाममा टोपबहादुर रायमाझीले ठुलो भष्ट्राचार गरेकाले अब जनताले यसको हिसाब किताब खोज्ने बताउनुुभयो । कार्यक्रम रिपोर्टस क्लब नेपाल लुम्बिनी प्रदेश अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता र सन्तोष केसीको संचालनमा सम्पन्न भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?