जुम्ला । आम निर्वाचन आउन ४ दिनमात्र बाँकी हुदाँ जुम्लाका मतदान केन्द्र र मतदान स्थलमा निर्वाचनका आवश्यक पर्ने मतपत्रसहितका निर्वाचनका सामग्रीको दुवानी सुरु भएको छ । मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने निर्वाचन सामग्री मतदान केन्द्रमा पठाउने काम सुरु भएको जिल्ला निर्वाचन कार्यालय जुम्लाका प्रमुख महेश शर्माले जानकारी दिनुभयो ।
निर्वाचनमा चाहिने सामग्री ढुवानीको काम आजबाट सुरु भएको छ,कार्यालय प्रमुख शर्माले भन्नुभयो,“निर्वाचनमा जिल्लाभर खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृत गरी दुई सय १६ जनालाई तालिम दिइसकेपछि । निर्वाचन सामग्री हस्तान्तरण गरी निर्वाचनमा खटिने कर्मचारीलाई सम्बन्धित मतदान केन्द्रमा खटाइएको छ । जिल्लाका एक सय छ मतदान केन्द्रमा खटिने एक सय छ मतदान अधिकृत र सोही संख्यामा सहायक मतदान अधिकृतसहित आठ सय ४८ कर्मचारी परिचालन भएको कार्यालय प्रमुख शर्माले बताउनुभयो ।
मतदानको दिन र मतदान हुनुभन्दा पहिला खटाइसके अवधिमा गर्नुपर्ने कामका बारेमा तालिममा सिकाइएको छ । “टाढाका मतदान अधिकृत र सहायक मतदान अधिकृत लाई आज मतपत्र र निर्वाचन सामग्रीसहित खटाएका छौँ, बाँकीलाई भोलि खटाउँछौँ । मङ्सिर १ गते साँझसम्म मतदानस्थलमा निर्वाचन सामग्री पुगिसक्छ । ” मुख्य निर्वाचन अधिकृतिको कार्यालयले जनाएको छ ।
जिल्लामा ८३ वटा मतदानस्थल र एक सय छ वटा मतदान केन्द्र कायम गरिएको छ । दुई वटा अस्थायी मतदान केन्द्र तोकिएको निर्वाचन कार्यालयले जनाएको छ । प्रतिनिधिसभा सदस्यका लागि एक मात्र क्षेत्र रहेको जुम्लामा ६८ हजार ६३८ जना मतदाता रहेको छ । प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र –१ (क) मा ३६ हजार ७८३ जना र प्रदेशसभा (ख) मा ३१ हजार ६३८ जना मतदता संख्या रहेको कार्यालयले जनाएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका