दिगो विकास, स्थायी शान्ति र समृद्धिसँगै संविधानको रक्षा गर्नु नै गठबन्धनको मूल दायित्व : अध्यक्ष प्रचण्ड

हिमालय टाइम्स
Read Time = 3 mins

ताप्लेजुङ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त लोकतान्त्रिक वाम गठबन्धनको ध्यान विकास र समृद्धितर्फ केन्द्रित भएको बताउनुभएको छ ।

आज गठबन्धनद्वारा ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै उहाँले मुलुकमा स्थायी शान्ति र दिगो विकासका लागि संयुक्त लोकतान्त्रिक वाम गठबन्धन बनेको हो भन्नुभयो ।

उहाँले भन्नुभयो “दिगो विकास, स्थायी शान्ति र समृद्धिसँगै संविधानको रक्षा गर्नु नै गठबन्धनको मूल दायित्व हो । देशभर नै गठबन्धनको पक्षमा चुनावी माहोल देखिएको हुँदा निर्वाचन पछि गठबन्धनकै सरकार बन्ने छ ।” परिवर्तनका लागि राजनीतिक आन्दोलन र घोषणा धेरै भए पनि विभिन्न कारणले समग्र विकासको गति अघि बढ्न नसकेको जनाउँदै उहाँले अब दृढ सङ्कल्पसहित गठबन्धन अघि बढेको छ भन्नुभयो ।

मङ्सिर ४ को निर्वाचन प्रतिगामी शक्तिलाई परास्त गर्दै मुलुकलाई सही बाटोमा अघि बढाउने अवसरका रुपमा लिन पनि उहाँले आग्रह गर्नुभयो ।

देश विकास गर्नका लागि गठबन्धन  : प्रवक्ता डा महत

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले देश विकास गर्न गठबन्धन आवश्यकता रहको बताउनुभएको छ ।

आज ताप्लेजुङको सदरमुकाममा वाम लोकतान्त्रिक गठबन्धनद्वारा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै उहाँले देश विकास र संविधानको रक्षा गर्न गठबन्धन आवश्यकता छ भन्नुभयो । देश अस्थिरताबाट जोगाउन र देश समृद्ध बनाउनका लागि गठबन्धन भएको उहाँले जनाउँदै यो गठबन्धनको लामो समयसम्म रहने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “संसद् विघटनपछि यो गठबन्धन बन्न पुगेको हो । यो गठबन्धनले देश समृद्ध बनाउन बनेको छ । संविधानको रक्षा गर्दछ ।” उहाँले गठबन्धनको अबको सङ्कल्प देश विकास गर्नु नै हो भन्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?