रोशन र अमिरलाई स्वर्ण

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली खेलाडी रोशन बलामी र अमिर रानाले सोरिन काइ कप अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिपमा स्वर्ण जित्नुभएको छ । दुबईमा नोभेम्बर १३ देखि सुरु प्रतियोगिताको पुरुष ७५ केजीमुनिको फाइनलमा रोशनले आयोजकलाई ७-० ले पराजित गर्नुभयो । त्यसअघि रोशनले भारत र फिलिपिन्सका खेलाडीलाई हराउनुभएको थियो ।

पुरुष ८४ केजीमुनिको फाइनलमा अमिरले आयोजकलाई नै ८-० ले पाखा लगाउनुभयो । स्वर्ण भिडन्तअघि अमिरले भारतीय खेलाडीलाई पन्छाउनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?