महिला फुटबल टोलीलाई बुट प्रदान

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । जनजाति महासंघ जापानले नेपाली महिला राष्ट्रिय फुटबल टोलीका खेलाडीलाई फुटबल बुट प्रदान गरेको छ । गत महिना काठमाडौंमा भएको साफ च्याम्यिनसिपमा फाइनल पुगेको नेपाली टोलीलाई महासंघले बुट प्रदान गरेको हो ।

नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वसदस्य वसन्त गौचनसहितको पहलमा महिला टोलीलाई एडिडासको फुटबल बुट हस्तान्तरण गरिएको हो । जापानमा फुटबल प्रशिक्षकका रूपमा कार्यरत गौचनले दशरथ रंगशालामा अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्बाङलाई र उहाँले महिला टोलीका सदस्यलाई हस्तान्तरण गर्नुभएको थियो ।

एक दशकभन्दा लामो समयदेखि जापानलाई कर्मथलो बनाउँदै आउनुभएको उहाँले पोखरामा फुटबल एकेडेमीसमेत सुरु गर्नुभएको छ । वसन्तले नेपालबाट यू-१६, यू-२३ हुँदै राष्ट्रिय टोलीबाट समेत खेल्नुभएको थियो । उहाँले हाल टोकियोकै चोफुओच्का सकर क्लबको युथ टोली सम्हाल्दै आउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?