पुनः राष्ट्रपति बन्ने अभियानमा ट्रम्प

Read Time = 2 mins
A A- A+

न्यूयोर्क । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः अमेरिकाको राष्ट्रपति बन्ने अभियान सुरु गर्नुभएको छ । ट्रम्पले दुई वर्षपछि हुने निर्वाचनका लागि आफ्नो अभियान सुरु गर्नुभएको हो । आफ्ना समर्थकहरूसँग कुरा गर्दै ट्रम्पले भन्नुभएको छ, ‘दुई वर्षअघि हामी महान् देश थियौं र अब पुनः हामी महान् देश बन्नेछौं ।’ ट्रम्पले राष्ट्रपतिका लागि तेस्रोपटक उम्मेदवारी दिन लाग्नुभएको हो ।

यसअघि सन् २०१६ मा भएको निर्वाचनमा हिलारी क्लिन्टनलाई हराउँदै अमेरिकाको राष्ट्रपति बन्नुभएका ट्रम्प सन् २०२० मा भएको निर्वाचनमा भने जो बाइडेनसँग पराजित हुनुभएको थियो ।

आगामी निर्वाचनमा रिपब्लिकनको तर्फबाट पूर्वउपराष्ट्रपति माइक पेन्स ट्रम्पको लागि बाधा बन्न सक्ने अनुमान गरिएको छ । उहाँले यसअघि नै आगामी राष्ट्रपति को बन्छ भन्ने जनताको हातमा रहेको बताउनुभएको थियो । यद्यपि आफूहरूले ट्रम्पभन्दा राम्रो विकल्प खोज्न सक्ने उहाँको भनाइ छ । उहाँलाई पनि सन् २०२४ को निर्वाचनको सम्भावित उम्मेदवारको रूपमा हेरिएको छ । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?