भारतलाई जी-२० समूहको अध्यक्षता हस्तान्तरण

Read Time = 1 min

बाली । इण्डोनेसियाले भारतलाई जी-२० समूहको अध्यक्षता हस्तान्तरण गरेको छ । बुधबार आधिकारिकरूपमा इण्डोनेसियाका राष्ट्रपति जोको विडोडोले बालीमा जी-२० का नेताहरूको सम्मिलित सम्मेलनमा भारतलाई अध्यक्षता हस्तान्तरण गर्नुभएको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको अध्यक्षतामा डिजिटल विभाजनको सेतु बन्ने र डिजिटल प्रविधि तथा विस्थापनमा आफ्नो ध्यान केन्द्रित गर्ने बताउनुभएको छ । डिजिटल विकासका लागि जी-२० का सबै मुलुकलाई मिलेर काम गर्न पनि मोदीले आग्रह गर्नुभयो । भारतले सन् २०२३ मा जी-२० सम्मेलन आयोजना गर्नेछ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?