केरला उच्च अदालतमा सन्नी लियोनी

Read Time = 1 min

मुम्बई । अभिनेत्री सन्नी लियोनी केरला उच्च अदालतमा पुग्नु भएको छ । उहाँ आफूविरुद्ध परेको एफआईआर खारेज गराउन केरला उच्च अदालत पुग्नुभएको हो । सन्नीले आफ्नोविरुद्धमा दर्ता भएको एफआईआर खारेज गर्न उच्च अदालतलाई अनुरोध गर्नुभएको हो ।

चार वर्ष पहिले, राज्य प्रहरीको अपराध शाखाले कोझिकोडमा एक स्टेज प्रदर्शनका लागि कम्पनीसँगको सम्झौताको सर्तहरू उल्लंघन गरेको आरोपमा सन्नीविरुद्ध एफआईआर दर्ता गरेको थियो ।

सन्नीले निवेदनमा आफूमाथि लगाइएको आरोप अस्वीकार गर्नुभएको छ । उहाँले आफू कुनै अपराधमा संलग्न नभएको दाबी गर्नुभएको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?