ज्याकलिनलाई जमानत

Read Time = 2 mins

मुम्बई । अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई दुई सय करोडको ठगीसँग सम्बन्धित मुद्रा अपचलन मुद्दामा अदालतले जमानत दिएको छ । पटियाला हाउस कोर्टले ज्याकलिनलाई भारतीय दुई लाख रुपैयाँको व्यक्तिगत धरौटी र सोही रकमको जमानतमा जमानत दिने आदेश दिएको हो । अर्थात् ज्याकलिनले जम्मा चार लाख भारु रुपैयाँ धरौटीमा जमानत पाउनुभएको छ ।

ज्याक्लिन अदालतको आदेशमा मात्रै विदेश जान पाउनुहुनेछ । अदालतले आगामी नोभेम्बर २४ तारिखमा ज्याकलिनविरुद्धको आरोपमा बहस गर्ने मिति तोकेको छ । ज्याकलिनलाई दुई सय करोडको मुद्रा अपचलन प्रकरणमा सुकेश चन्द्रशेखरबाट महँगो उपहार लिएको आरोप छ ।

सुकेशले अभिनेत्रीलाई ५० लाखको एस्पुएला नामको घोडा, नौ लाख रुपैयाँको बिरालो, हिराका गहना, गाडी घर, महंगो जुत्ता, उपहार दिएका थिए । ज्याकलिन सुकेशसँगको प्रेम सम्बन्धका कारण विवादमा हुनुहुन्थ्यो । चलचित्र उद्योगमा आफ्नो पहिचान बनाउनुभएकी ज्याकलिनले आफ्नो करियर टिभी रिपोर्टरबाट सुरु गर्नुभएको थियो ।

३५ चलचित्रमा अभिनय गरिसक्नु भएकी ज्याकलिनको कुल सम्पत्ति करिब एक सय करोड भारु रहेको छ । चलचित्रबाहेक उहाँ व्यावसायिक जीवनमा पनि सक्रिय हुनुहुन्छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?