‘मेरी बास्सै’ मा चुनावी माहोल

Read Time = 1 min

काठमाडौं । हास्य टेलिशृंखला ‘मेरी बास्सै’को मंगलबार सार्वजनिक ७८१औं भाग निर्वाचनमय बनाइएको छ । गाउँमा निर्वाचनको समयमा कुनै ज्ञान नभएका पनि कसरी नेता हुन्छन् र भोटका लागि के-कतिसम्म गर्छन् भन्ने नेपाली परिवेशलाई शृंखलामा आकर्षक शैलीमा चित्रण गरिएको छ । पछिल्लो समय मेरी बास्सैको निर्देशन दिवाकर भण्डारीले गर्दै आउनुभएको छ ।

मेरी बास्सैमा लक्ष्मी गिरी, सुरवीर पण्डित, रामचन्द्र अधिकारी, सुरेन्द्र केसी, पल्पसा डंगोल, निरु खड्का, टीकाभक्त जिरेल, लेखनाथ भुसाल, दिवाकर भण्डारीलगायत कलाकारको अभिनय छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?