काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले ८६औँ वार्षिकोत्सव मनाएको छ । १९९४ साल कात्तिक ३० गते नेपाल बैंक कानुन १९३७ अनुसार स्थापना भएको उक्त बैंकको उद्घाटन राजा त्रिभुवनले गर्नुभएको थियो । त्यतिबेला नै सार्वजनिक, निजी, साझेदारी (पिपिपी) मोडलमा सुरु भएको बैंकमा १० जना लगानीकर्ता थिए भने आठ लाख ४२ हजार चुक्ता पुँजीबाट सुरु भएको थियो ।
हाल नेपाल बैंकमा २३ लाखभन्दा बढी ग्राहक रहेको बैंकले जनाएको छ । ८६ वर्षे लामो यात्रामा लाखौं नेपालीको मन जितेर पहिलो रोजाइको बैंक बन्न सफल भएको र नाफामात्र नभई हरेक नेपालीको आर्थिक समृद्धिका खातिर उच्च सेवाभावले शहरदेखि ग्रामीण दूरदराजसम्म शाखा विस्तार गरी सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ ।
हाल बैंकले दुई सय २६ शाखा, एक सय ९९ एटिएम, ५० एक्सटेन्सन काउन्टरमार्फत् सेवा प्रदान गर्दै आएको जनाएको छ । २०७९ असारसम्म एक खर्ब ९६ अर्ब निक्षेप संकलन गरी एक खर्ब ७८ अर्ब कर्जा प्रवाह गर्न सफल बैंकको हाल चुक्ता पुँजी १४ खर्ब ४० अर्ब पुगेको छ । बैंकको जगेडा कोषमा २१.६८ अर्ब रुपैयाँ रहेको छ भने ३५ अर्ब बढी नेटवर्थ रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच