नेपालगञ्जमा बम विस्फोट: दुई जना घाइते

Read Time = 1 min

नेपालगन्ज । बाँकेको नेपालगञ्जमा बम विस्फोट भएको छ ।

आज साँझ नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर–१० भृकुटीनगरस्थित एक घरमा बम विस्फोट हुँदा दुई जना घाइते भएका छन् ।

विस्फोटमा डिल्ली विसी र धर्म सुनार घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएकोछ ।

अहिले सो क्षेत्रमा प्रहरी परिचालन भएको छ । अहिले  नेपाली सेनाको बम डिस्पोजल टोली पनि परिचालन भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?