व्यापारी भन्छन्- चिनियाँ नाका राम्रोसँग सञ्चालन नहुँदा जाडोका कपडा आउन सकेनन्

हिमालय टाइम्स
Read Time = 3 mins
A A- A+

काठमाडौं । जाडो बढे पनि बजारमा न्यानो कपडाहरूको व्यापार बढ्न नसकेको व्यापारीहरूले बताएका छन् । काठमाडौंको मुख्य व्यापारिक केन्द्र न्युरोड तथा असनका व्यापारीहरूले गत वर्षको भन्दा यो वर्ष जाडो महिनामा लगाउने न्यानो कपडाको व्यापार ३० प्रतिशतले कम भएको गुनासो गरेका हुन् । उनीहरूले विगतका वर्षहरूमा जाडो महिना लागेसँगै बजारमा न्यानो कपडा किन्न मानिसहरूको भिड लाग्ने गरे पनि यो वर्ष सुनसान रहेको बताए ।

उनीहरूले पछिल्लो समय बैंकको ब्याजदर उच्च वृद्धि तथा चिनियाँ नाका खोल्ने र बन्द गर्ने काम भइरहेकाले साना व्यापारीहरू मर्कामा परेको गुनासो गरे । व्यापारीहरूले बजारमा न्यानो कपडाको अभाव नभएको तर ग्राहकले रिटेलमा किन्ने मूल्य होलसेल मूल्य पर्ने गरी मूल्य वृद्धि भएको बताएका छन् । काठमाडौं न्युरोड रञ्जना मलका कपडा होलसेल व्यापारी नवराज तिमिल्सिनाले गत वर्षको भन्दा यस वर्ष सुरुवाती चरणमा न्यानो व्यापारमा ३० प्रतिशतले कमी आएको बताउनुभयो ।

उहाँले न्यानो कपडा तथा अन्य फेन्सी कपडाहरू चीनबाट आउने भएकाले सामान आयात गर्न समस्या रहेको पनि बताउनुभयो । उहाँले चीन जानको लागि पनि भिसाको समस्या भएकाले फोटोको आधारमा अडर गर्दा सामान अर्कै आउने गरेको बताउनुभयो । उहाँले चिनियाँ नाकामा कहिले खुल्ने र कहिले बन्द हुने समस्याले सामान अर्डर गरेको नौ महिनासम्म पनि सामान काठमाडौं आइनपुग्ने ठूलो समस्या रहेको बताउनुभयो । उहाँले सामान अर्डर गरेको नौ महिनासम्म सामान नआउँदा साना व्यापारीहरू ठूलो मर्कामा पर्ने गरेको बताउनुभयो । उहाँले नेपाल सरकारले साना व्यापारीहरूलाई पनि गरिखाने वातावरण सहज बनाउनको लागि चिनियाँ नाका सहज बनाइ दिनुपर्ने बताउनुभयो । उहाँले बैंकहरूमा ब्याजदर वृद्धि हुने, भन्सार दरमा वृद्धि हुने, सामान आउन समय लाग्ने भएर व्यापार नहुने तर घरभाडा बढी रहने समस्याले साना व्यापारीहरू पीडित रहेको बताउनुभयो ।

व्यापारीले ग्राहकहरूले खोजे जस्तो न्यानो कपडा आयात गर्नको लागि मुख्य समस्या हुँदा व्यापारमा समेत असर परेको गुनासो गरेका छन् । सामानहरूको मूल्यवृद्धि भएर आएकाले पनि व्यापार गर्न कठिन भएको व्यापारीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?