विजय रावत/हिटा
जुम्ला । निर्वाचन आउन अब तीन दिन मात्र बाँकी रहँदा जुम्लाको राजनीतिक गतिविधि निकै तातिएको छ । उम्मेदवारदेखि राजनीतिक दलका नेता कार्यकर्ता अन्तिम घरदैलोको अभियानमा लागेका छन् । आसन्न मंसिर ४ मा हुने निर्वाचनमा जुम्लाबाट प्रतिनिधिसभामा एकजना र प्रदेशसभा सदस्यमा दुईजना उम्मेदवार निर्वाचित हुनेछन् । एक मात्रै निर्वाचन क्षेत्र रहेको जुम्लामा प्रदेश निर्वाचन क्षेत्र १ (क) मा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।
सत्ता गठबन्धनबाट कांग्रेसका कर्णाली प्रदेश सभापति ललितजंग शाही निर्वाचनमा होमिनुभएको छ । एमालेबाट धीरेन्द्रराज गिरी, स्वतन्त्रबाट देवेन्द्रबहादुर शाही र नेमकिपाबाट राजेश्वर देवकोटाको उम्मेदवारी रहेको छ । सत्ता गठन्धनबाट प्रदेश (क) मा उम्मेदवार बन्नुभएका कांग्रेस सभापति शाही २०५१ र २०५६ सालको चुनावमा स्वतन्त्र उम्मेदवार बन्नुभएको थियो । त्यतिबेला लाल हमाल र दीनबन्धु श्रेष्ठलाई पार्टीले उम्मेदवार बनाएको थियो । पछि २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा शाही निर्वाचित हुनुभएको थियो ।
दुईपटक हाँस चुनाव चिन्ह लिएर पराजित हुनुभएका शाहीकै विरुद्ध कांग्रेसकै देवेन्द्र शाही धारो चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बन्नुभएको छ । स्वतन्त्र उम्मेदवार शाहीले चुनाव जित्ने दाबी गर्दै आउनुभएको छ । कांग्रेसलाई सधैँ बागी उम्मेदवारकै पिरलो हुने गरेको छ । हालै सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा चन्दननाथ नगरपालिकाको मेयर स्वतन्त्र उम्मेदवार राजुसिंह कठायत निर्वाचिन हुनुभएको थियो । मयेर पनि कांग्रेसकै नेता हुनुहुन्छ । कांग्रेस पार्टीले मेयर पदमा पदमबहादुर शाहीलाई उम्मेदवार बनाएको थियो ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लाको मतदाताको संख्या ६८ हजार ६३८ जना रहेको छ । प्रदेशसभा निर्वाचन (क) मा ३६ हजार ७८३ र प्रदेशसभा (ख) मा ३१ हजार ८५५ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ । २०७४ को प्रदेशसभा निर्वाचनमा प्रदेश (क) बाट माओवादीका नरेश भण्डारी निर्वाचित हुनुभएको थियो ।
प्रदेशसभाका उम्मेदवारहरूको यस्तो छ एजेण्डा
ललितजंग शाही :
गठबन्धनले चुनाव जित्ने दाबी गर्दै आउनुभएका कांग्रेस उम्मेदवार ललितजंग शाहीले जुम्लाका आधारभूत विकासका मुद्दालाई प्राथमिकता दिनुभएको छ । स्वास्थ्य, शिक्षा, खानेपानी, सडक, कृषि, पर्यटन, सिँचाइ लगायतका क्षेत्रको आधारभूत विकास र नीति निर्माण तथा विगतमा लक्ष्य राखेर पहल गरेर हुन नसकेका अपूरा जलविद्युत् उत्पादन तथा स्वास्थ्य क्षेत्रको विकास गर्ने एजेण्डा उहाँले अघि सार्नुभएको छ ।
अवसर दिँदादिँदै, सम्मान गर्दागर्दै पार्टीका केही जिम्मेवार नेताहरू विद्रोहको नाम दिएर चोक्षटिएका मात्र हुन् । त्यसले कुनै ठूलो असर गर्दैन,’ उम्मेदवार शाहीले भन्नुभयो, ‘केही प्रतिशत कांग्रेसका मत काटिन सक्छ । तर, गठबन्धन दल माओवादी र एकीकृत समाजवादीबाट काटिएभन्दा बढी भोट आउनेछ । जनताले मलाई भोट दिएर पछुताउनुपर्ने छैन । म जनताको सच्चा सेवक बन्न, जुम्लाको सर्वपक्षीय विकास गर्न आफ्नो उम्मेदवारी रहेको शाहीले बताउनुभयो ।’
देवेन्द्रबहादुर शाही :
२०७४ को चुनावमा पराजय भोगेकाले पनि प्रदेशमा पाउनुपर्छ भन्ने मेरो माग पहिलादेखि भए पनि पार्टीका नेतृत्वले वास्ता नगरेपछि स्वाभाविक विद्रोहका रूपमा स्वतन्त्र उम्मेदवारी दिएको स्वतन्त्र उम्मेदवार देवेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो । पार्टी भित्रको लगानी, त्याग, तपस्या र बलिदानीको बेवास्ता गर्दै भनसुन र चाप्लुसीका भरमा नेतालाई टिकट दिइएकाले आफूले स्वतन्त्र उम्मेदवारी दिएको शाहीको भनाइ थियो । ‘राम्रो काम गर्न खोज्ने, जनमत भएको, जनताले विश्वास गरेको व्यक्तिलाई पछार्ने, कामै नगर्ने र अरूले गरेकोमा रजाइँ गर्ने प्रवृत्ति र व्यक्तिका विरुद्धमा मेरो स्वतन्त्र उम्मेदवारी हो,’ शाहीले भन्नुभयो, ‘जनता नयाँ अनुहारको प्रतीक्षामा छन् ।
राजनीतिमा देखिने उही अनुहारले मतदाता आजित भइसकेका छन् । म व्यक्ति प्रवृत्तिका विरुद्धमा उत्रिएको छु । म गणतन्त्र, लोकतन्त्रकै पक्षधर व्यक्ति भएकाले गठबन्धन अझ कांग्रेसभित्रकै बहुमत र अन्य दलको सम्मानजनक मतबाटै जित्नेमा विश्वस्त छु ।’ जल, जमिन, जडीबुटी, खानेपानीलगायत जनताका आधारभूत विकासका एजेण्डा बोकेर घरदैलामा गएको शाहीले जानकारी दिनुभयो । २०७४ को चुनावमा वामपन्थी दल एकातिर र नेपाली कांग्रेस एक्लै चुनाव लड्दा कांग्रेससँग जम्मा १० हजार भोट मात्रै थियो । तर, मैले १४ हजारभन्दा बढी मत प्राप्त गरेर पनि पराजय भोग्नुप¥यो । बढी आएका चार हजार मत मेरा शुभचिन्तकको माया थियो । त्यस्तै, माया मंसिर ४ को चुनावमा पनि पाउँछु । दलकै मतदाताले जिताउने स्वतन्त्र उम्मेदवार शाहीले जानकारी दिनुभयो ।
धीरेन्द्रराज गिरी :
नेकपा एमालेका तर्फबाट जुम्ला निर्वाचन क्षेत्र (क) बाट धीरेन्द्रराज गिरी पहिलोपल्ट चुनावी मैदानमा होमिनुभएको छ । २०४६ सालपछिका विभिन्न आन्दोलनले जन्माएको एक बौद्धिक, निडर, समाजसेवी र पाका नेतामध्ये एक पर्नुहुन्छ उम्मेदवार गिरी ।
विभिन्न आन्दोलनको नेतृत्व गर्दै झण्डै तीन दशकदेखि जनतामाझ रहेर काम गर्नुभएका गिरीले प्रदेशसभा सदस्यका लागि जुम्ला प्रदेश (क) बाट पहिलोपटक चुनावी मैदानमा होमिँदा कतिपयले उहाँलाई कमजोर उम्मेदवारका रूपमा टिप्पणी गरे पनि जनताले प्रतीक्षा गरेको नयाँ अनुहार र सक्षम पात्र आफू नै रहेको र आफ्नो जित सुनिश्चित रहेको गिरीले बताउनुभयो । ‘जनताको भावना र मुलुकको हितविपरीत भएको गठबन्धनबाट जनता सन्तुष्ट छैन । जुम्लामा भएको तीनदलीय गठन्बन्धन भित्रको विवाद, तीक्तता र अविश्वास अझै कायम रहेको छ । पछिल्लो समय नेकपा एमाले झन बलियो हुँदै गएको छ । म पनि दशकौंदेखि जनताको माझमै रहेको मान्छे हुँ । मलाई जनताले नजिकबाट नियालेका छन् । कांग्रेसभित्रकै बागी उम्मेदवार हुनु, राप्रपाको उम्मेदवार नहुनु, नेमकिपा कमजोर हुनु नै मेरो जित्ने प्रुमख आधार हो’ उहाँले भन्नुभयो ।
‘मेरो जित सुनिश्चित भएपछि धेरैलाई टाउको दुःखाइ बनेको छ । मतदाताका असीमित माग छन् । तर, मैले घरदैलोमा जाँदा मतदाताको गुनासो सुने पनि अन्य उम्मेदवारजस्तो यसो गर्छु र उसो गर्छु भनेर महŒवाकांक्षी सपना बाँडेको छैन । मेरो प्राथमिकता नीति निर्माणमा रहन्छ ।’ उहाँले भन्नुभयो ।
जितिसकेपछि मतदाता बिर्सने प्रवृत्तिको अन्त्य गरी पुनः मतदातासामु गएर उनका गुनासा सुनी कार्यक्रम बनाउने लक्ष्य राखेको एमालेका उम्मेदवार गिरीले जानकारी दिनुभयो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका