निर्वाचन लोकतन्त्रको आत्मा हो : प्रधानमन्त्री देउवा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक शासन व्यवस्थामा निर्वाचन लोकतन्त्रको आत्मा रहेको बताउनुभएको छ ।

‘निर्वाचनलाई सफल पार्न हामी सबैको दायित्य हो । राणा शासनविरुद्धको अहिलेसम्म मुलुककले राजनीतिक संघर्षको एउटा चरण पूरा गरिसकेको छ,’ मौन अवधि सुरु हुन केही घण्टा बाँकी छँदा भिडियोमार्फत शुभकाना सन्देश जारी गर्दै प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले भन्नुभएको छ ।

अब संघीय लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउँदै मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउनुपर्ने उहाँले बताउनुभयो ।

देउवाले कांग्रेस मुलुकमा भएका हरेक सामाजिक, सांस्कृतिक आन्दोलनको नेतृत्व गरेको पार्टी रहेको स्मरण गराउनुभएको छ । ‘अब मुलुकलाई आर्थिक समृद्धितिर अगाडि बढाउने दायित्व पनि कांग्रेसको हो,’ उहाँले भन्नुभएको छ, ‘४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उत्साहपूर्वक सहभागी भइ गठबन्धनको पक्षमा मत दिन अनुरोध छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?