नेपालगञ्ज विस्फोट: निर्वाचनमा आतंकित पार्ने उदेश्य रहेछ- एसपि अधिकारी

दीपककुमार शर्मा बर्दिया, संवाददाता
Read Time = 3 mins

बाँके । नेपालगञ्ज बजार दिनभर व्यस्त बजार बेलुकीपख पनि वजारमा सामान्य चहल पहल भैरहेको हुन्छ तर चिसो सुरु भएसगै बेलुकी वजार भने सुनसानहुने गरेको छ ।

यस्तै सुनसानकै विच बुधवार बेलुकी करिब ८ वजेतिर नेपालगञ्ज उपमहानगरपालिका-१० जनस्वाथ्य कार्यलय नजिकै नेपालगञ्ज बजार नै थर्कमान हुने गरी ठुलो विस्फोट भयो । दिवाकर विक्रम मल्लको घरमा विस्फाेट भए लगत्तै शरिर भरी रगतभएको अवस्थामा दुइजना युवा चिच्याउदै बाहिर निस्किए स्थानियवासीहरु पनि वाहिर निस्किएर तत्कालै प्रहरीलाई खवर गरियो ।

प्रहरी घटनास्थल आइपुगेपछि प्रहरीले घाइते अवस्थामा रहेका दुइ जनालाई अस्पताल लग्यो । विस्फोट भएको सूचना आएपछि प्रहरीले घटनास्थलको अध्ययन पछि थप केहि विस्फोटक पदार्थ हुन सक्ने भन्दै घटनास्थल नियन्त्रण लियो । विस्फोट भएको कोठामा प्रहरी पुग्दाआफै अचम्ममा परेको बाँके प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारीले हिमालय टाइम्सलाई बताउनु भयो ।

सो कोठामा प्रेसर कुकर बम विस्फोट भएको थियो । एउटा तयारी अवस्थामा थियो भने अर्काे बनाउने क्रममा विस्फोट भएको उहाँले बताउनु भयो । कोठामा प्रेसर कुकर बम बनाउनका लागि तयारी अवस्थामा राखिएका थप ६ वटा प्रेसर कुकर , वारुदलगायतका ठुलो मात्रामा विस्फाेटक सामाग्री पनि फेला पारिएको छ । तयारी अवस्थामा रहेको एउटा प्रेसर कुकर बम नेपाली सेनाले डिस्फोज गरेको थियो ।

एउटा तयार भएको र अर्काे कुकर बम बनाउने क्रममा प्रेसर कुकर विस्फोटबाट विप्लव माओवादीका जिल्ला नेता डिल्ली डिसी र अर्का धर्मराज बडुवाल घाइते भएका छन । कोठा भाडामा लिएर वसेका डिल्लीको गतिविधि केहिदिन देखि फरक रहेको स्थानियवासीहरुले बताएका छन ।

घाइते दुवै जनाको भेरी अञ्चल अस्पतालमा उपचार भैरहेको छ । प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारीले निर्वाचनलाई लक्षित गर्दे नेपालगञ्जका विभिन्न स्थानमा विस्फोट गराउने मनसायले योजना बनाएको हुन सक्ने बताउनु भयो । घटना पछि नेपालगञ्जको सुरक्षा व्यवस्था थप कडा पारिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?