ट्वीटरका कर्मचारीलाई लामो समय काम गर्न वा जागिर छोड्न मस्कको आदेश

हिमालय टाइम्स
Read Time = 2 mins

न्युयोर्क । विश्वकै धनाढ्य तथा ट्वीटरका नयाँ मालिक एलन मस्कले ट्वीटरका कर्मचारीहरूलाई ‘उच्च तीव्रतामा लामो समयसम्म’ काम गर्न प्रतिबद्ध हुन वा कम्पनी छोड्न आदेश दिएका छन् । वासिंगटन पोस्टकाअनुसार साेसल मिडिया फर्मका नयाँ मालिकले कर्मचारीहरूलाई ईमेलमा भनेका छन कि यदि कामदारहरू बस्न चाहन्छन् भने वाचामा सहमत हुनुपर्छ ।

ट्वीटरमा काम गर्ने वा छोड्ने निर्णय लिन सबै कर्मचारीलाई बिहीबार अपरान्ह ५ बजेसम्मको समय दिएका छन् । उनले अगाडि भनेका छन्, ‘तपाईंले जुनसुकै निर्णय गर्नुहुन्छ । ट्विटरलाई सफल बनाउनको लागि तपाईंको प्रयासको लागि धन्यवाद।’

बिहीबार सम्म साइन अप नगर्नेहरूलाई तीन महिनाको तलब दिएर बिदा गर्ने मस्कले बताए । ‘यसको मतलब उच्च तीव्रतामा लामो घण्टा काम गर्ने हो । केवल असाधारण प्रदर्शनले उत्तीर्ण ग्रेड हुनेछ’, उनले भने।

मस्कको योजनाअनुसार काम गर्न तयार रहे नरहेकोबारे कर्मचारीहरूले निर्णय लिनुपर्ने न्युयोर्क टाइम्सले जनाएको छ। एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?