‘भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई निर्वाचनको समयमा हटाउनु आपत्तिजनक’

रासस
Read Time = 3 mins

काठमाण्डौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौँका भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई निर्वाचनको समयमा हटाउन खोजिएको भन्दै आपत्ति जनाउनुभएको छ ।

यस्तो कदम निर्वाचन आचारसंहिता विपरीत हुने उहाँको भनाइ छ । काठमाडौँ महानगरपालिका-३१ जागृतिनगरको बस्तीमा आज बिहान आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौँ क्षेत्र नं १ का उम्मेदवारसमेत रहेका नेता सिंहले भूमि आयोगको प्रतिवेदनको सुझाव नआएसम्म प्रतीक्षा गर्नुपर्ने बताउनुभयो ।

वाग्मती नदी किनारका बस्ती हटाउन सूचना जारी गरिएकामा आपत्ति जनाउँदै उहाँले भन्नुभयो, “वाग्मती सभ्यता सर्वाधिकार सम्पन्न समितिले राष्ट्रिय भूमि आयोगको प्रतिवेदनमा जुन सुझाव दिइएको छ, ती सुझावलाई कार्यान्वयन गर्ने समयसम्म हामी सबै त्यसको प्रतीक्षामा बस्नुपर्छ ।”

अव्यवस्थित बसोबास, जोखिमपूर्ण बसोबास, सुकुम्वासी र भूमिहीनको उचित समाधान निकाल्नका लागि सरकारले नीति बनाएर व्यवस्थित गर्नुपर्ने उहाँले बताउनुभयो । आफूले अरु दलका नेताले जस्तो झुठो आश्वासन नदिने दाबी गर्दै नेता सिंहले भूमि आयोगको प्रतिवेदनका सुझावमा सरोकारवालासँग पनि छलफल गर्ने र समस्याको समाधान निकाल्नेमा विश्वस्त हुन आग्रह गर्नुभयो ।

सुकुम्वासी र भूमिहीनका इच्छा, आकाङ्क्षा र चाहनालाई पूरा गर्नका लागि प्रतिबद्ध रहेको जनाउँदै उहाँले भन्नुभयो, “तपाईंहरुले कत्तिको ख्याल गर्नुभएको छ, मैले यो कुरा संसद्मा होस् वा सार्वजनिक कार्यक्रममा पनि बोल्दै आएको छु ।” भूमिहीन र सुकुम्वासीको समस्याको समाधान आफुहरुले मात्रै गर्ने सक्ने दाबीसमेत उहाँले गर्नुभयो ।

कुन चाहीँ उम्मेदवारलाई जिताउँदा आफ्नो भविष्य राम्रो हुन्छ, भन्ने लेखाजोखा गरेर कांग्रेसलाई आगामी निर्वाचनमा मतदान गर्न उहाँले आह्वान गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?