भैरहवालाई व्यापारिक, सांस्कृतिक र पर्यटकीय सहरको रुपमा विकास गर्छुः दीपक बोहरा

हिमालय टाइम्स
Read Time = 1 min

भैरहवा ।  रुपन्देही क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा राप्रपा नेता दीपक बोहराले भैरहवालाई पर्यटकीय सहरका रुपमा विकास गरिने बताउनुभएकाे छ ।

निर्वाचनमा रुपन्देही क्षेत्र नं ३ का नेकपा एमाले, राप्रपा र जसपाका (३ दलका०) साझा उम्मेदवारको रूपमा रहेका बोहराले व्यापारिक, सांस्कृतिक तथा पर्यटकीय सहरको रुपमा विकास गर्न धेरै सम्भावना रहेकाले गर्न बाँकी रहेकाले काम आफूले पूरा गर्ने बताउनुभयाे ।

क्षेत्र नं ३ राप्रपा, एमाले, जसपाको संयुक्त चुनावी सभामा बोहराले भैरहवा विमानस्थलबाट नेपाल भित्रका विभिन्न ठाउँको लागि आन्तरिक उडानको व्यवस्था मिलाउने, नरेनापुर धामलाई डीपीआर अनुसार धार्मिक पर्यटनको रुपमा विकास गर्ने, डन्डा खोलको किनारलाई ग्रीन बेल्टका रुपमा विकास गरि पर्यटकीय स्थलकारुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएकाे छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?