भोट हाल्न उपत्यकाबाट गाउँ फर्कनेको लर्को

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 4 mins

धादिङ । मंसिर ४ गते हुने प्रदेश सभा तथा प्रतिनिधि सभाको निर्वाचनका लागि गाउँ फर्कनेको लर्को लागेका छन् । निर्वाचन आउँन चार दिन मात्र रहँदा भोट हाल्न गाउँ फर्कनेको लर्को लागेको हो ।

प्रायः जसो सुनसान हुने धादिङबेसी अहिले निर्वाचनको समयमा व्यापक चहलपल भएको छ । धादिङबेसीको मुख्य सडक खण्डहरुमा विभिन्न राजनीतिक दलहरुको समर्थनसहित दलका झण्डा र चुनावी अभियानले धादिङको माहोल निकै तातेको छ । चुनावी अभियान गर्दा अहिले धादिङमा सवारी जाम लगायत बाटो काट्ने बटुवाहरुलाई समेत समस्या हुने गरेका छन् ।

यात्रु तथा अन्य गतिविधिहरुको चापले गर्दा ट्राफिक प्रहरीलाई व्यबस्थापन गर्न समेत धौ-धौ भएको छ । धादिङबाट राजधानी र राजधानीबाट धादिङ प्रवेश गर्ने यात्रुहरुको निकै भीड बढेको छ । निर्वाचनका लागि मतदान गर्न शैक्षिक आर्जन तथा रोजगारीका लागि काठमाडौं उपत्यकामा रहेका गाउँघर फर्कन थालेका हुन् ।

चुनावमा आफुले रोजेको र जनताको समस्यालाई हल गर्ने नेतालाई भोट हाल्न अहिले काठमाडौंबाट ५५ हजार भन्दा बढी यात्रु बाहिरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । नयाँ बसपार्क, कलंकी, बल्खू, कोटेश्वर लगायत स्थानमा टिकट काट्ने सर्वसाधारण दिनदिनै बढ्दै गएका छन् । कतिपय, बस रिजर्भमा लिएर काठमाडौबाट आफ्नो गाउँ घर गएका छन् भने कतिपय पार्टीका सम्पर्क समन्वय समिति र उम्मेदवारबाट बस रिजर्भ गरी मतदाताहरुलाई लगेको पाइएको छ ।

यस्तै ४१ हजार यात्रु काठमाडौ भित्रिएका छन् । काठमाडौ छाड्नेको संख्या अझै बढ्ने ट्राफिक प्रहरी महाशाखाको अनुमान छ । निर्वाचनलाई लक्षित गरी मतदानस्थल रहेका शिक्षण संस्थाहरू आजदेखि कात्तिक ५ गतेसम्म बन्द भएका छन् । यस्तै, सरकारी कार्यालय र सार्वजनिक निकायहरु ४ र ५ गते बन्द हुनेछन् । चुनावका लागि झण्डै पाँच लाख यात्रु काठमाडौबाट बाहिरिने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अनुमान छ ।

यात्रुले भने निर्वाचनका बेला व्यवसायीले महँगोमा टिकट बेचेको आरोप लगाएका छन् । सामान्य दिनभन्दा महंगोमा भाडा लिने गरेको उनीहरूको गुनासो छ । व्यवसायीले महंगोमा टिकट बेच्ने गरेको तथा थोत्रा र पुराना गाडीमा यात्रा गर्न बाध्य बनाउँदा समेत ट्राफिक प्रहरीले अनुगमन नगरेको यात्रुहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
८ महिनामै फेरियो मकवानपुर प्रशासनको मुहार, सेवाग्राहीमैत्री बन्यो जिल्ला प्रशासन कार्यालय बाढीपहिरोले देशभरका छ राजमार्ग प्रभावित, यात्रामा सतर्कता अपनाउन आग्रह रासायनिक मल वितरणको अनुगमन अब स्थानीय तहले गर्ने : कृषिमन्त्री चौधरी टिपरको ठक्कर र खोलामा डुबेर दुई जनाको मृत्यु राष्ट्र बैंकमा राजनीतिक हस्तक्षेप घातक हुन्छ : अर्थमन्त्री वाग्ले अर्थसचिवको उपस्थितिले राष्ट्र बैंकलाई फाइदा पुगेको छ : गभर्नर पौडेल दीपक भट्टको वित्तीय कारोबारमा पौडेलको संलग्नता तत्काल प्राप्त प्रमाणहरूबाट खुल्न सकेन :… विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश मधेस प्रदेशले ५६.३१ प्रतिशत बजेट खर्च गर्‍यो, पुँजीगत खर्च अझै कमजोर मिटरब्याजविरुद्धको ९ दिने आन्दोलन स्थगित, सरकार र पीडितबीच ९ बुँदे सहमति