गृहमन्त्री खाँणविरुद्ध रुपन्देही निर्वाचन अधिकृतको कार्यालयमा बहुविवाहको उजुरी

हिमालय टाइम्स
Read Time = 2 mins
A A- A+

भैरहवा । गृहमन्त्री बालकृष्ण खाँणविरुद्ध रुपन्देहीको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । रुपन्देही ३ प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहनुभएका खाँणविरुद्ध अधिवक्ता तारा बरालले बहुविवाहमा संलग्न रहेको भन्दै उजुरी दर्ता गराउनु भएको हो।

उम्मेदवारीविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालय, रुपन्देही प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ मा उजुरी परेको हो । खाँण पाँच दलीय गठबन्धनबाट उम्मेदवार छन् ।

यसअघि निर्वाचन आयोगमा दर्ता गर्न खोज्दा सम्बन्धित क्षेत्रमा उजुरी दर्ता गर्न भनेपछि रुपन्देहीमा आएर दर्ता गरेको अधिवक्ता बरालले बताउनु भयो । उहाँले भन्नुभयो, ‘खाँण बहुविवाहमा संलग्न रहेको प्रमाण पाइएकाले उजुरी दर्ता गरेको हो,  उनले गृहमन्त्री चलाउँदै गर्दा बहुविवाह गर्ने हजारौं जेलमा सडाउने काम गर्नुभएको छ, देशकै गृहमन्त्रीले रुपन्देहीमा दिलमाया खाण, काठमाडौंमा मञ्जु खाण नाम दर्ता भएकाले उक्त कुराको पुष्टि हुन्छ ।’

खाँणले रुपन्देही–३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी मनोनयनका क्रममा रुपन्देही–३ को मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पेस गरेको विवरणमा दिलमाया खाँण श्रीमती भएको उल्लेख गर्नुभएको छ भने त्यसबाहेक अरु निकायमा पेस गरेका कागजातमा भने उहाँले श्रीमतीका रुपमा मञ्जु खाँणको नाम लेखेका बरालको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
कुलप्रसाद काेइराला
कुलप्रसाद काेइराला
2022-11-17 3:29 pm

ठाेक लगेर काेच यी बाहुबलीलाई ।यिनले एउटा न्यनयाधीशकि स्वास्नी र छाेराे घरसहित सुइक्याएका थि ए ।यी मन्जु खाण तिनै न्यायधीशकी स्वास्नी थिईन् ।न्यायाधीश पढ्न विदेश गएका बेला छाेराे सहित खाणलाई लिएर बसिन ।विबाहित पाेइलाइ घरमा पस्नै दिइनन् किनभने घरञडेरी ती न्यायाधीशले स्वास्नीका नाममा राखेका थिए ।

छुटाउनुभयो कि ?