ओली नेतृत्वको विपक्ष गठबन्धन राष्ट्रघाती : माधव नेपाल

फाईल फाेटाे

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पराजय हुने देखेपछि एमाले अध्यक्ष केपी ओलीले वर्तमान सरकारलाई परमादेशबाट बनेको भनेर लाञ्छना लगाउने गरेको आरोप लगाउनु भएको छ ।

लोकतान्त्रिक बाम गठबन्धन काठमाडौं–२ द्वारा बिहीबार काठमाडौंमा आयोजित चुनावी सभामा बोल्दै अध्यक्ष नेपालले यस्तो अभिव्यक्ति दिनु भएको हो ।
उहाँले परमादेशबाट बनेको सरकार भनेर ओली एण्ड कम्पनीले दिएको अभिव्यक्ति अत्यन्तै आपत्तिजनक रहेको टिप्पणी समेत गर्नु भयो । तत्कालीन एमाले र माओवादी केन्द्रको सहकार्यमा मात्रै २०७४ सालको निर्वाचनमा जनताले बहुमत दिएको सत्यलाई समेत ओलीले अस्विकार गरेर झूट प्रचार गरिरहेको अध्यक्ष नेपालको भनाई थियो ।

उहाँले जनताले दिएको मतलाई स्विकार गरेर सरकार चलाउन नसक्ने ओलीलाई आसन्न निर्वाचनमा पराजित गराउन पनि आम मतदातालाई अपिल गर्नु भयो ।

अध्यक्ष नेपालले भन्नु भयो, ‘सर्वोच्च अदालतको आदेशबाट बनेको सरकार होइन । यदि संसदमा बहुमत नभएको भए, संसदमा बहुमत सदस्यले समर्थन नगरेको भए सर्वोच्च अदालतले त्यसलाई स्विकार गर्ने अवस्था बन्ने थिएन । परमादेशबाट बनेको सरकार भनेर केपी ओली एण्ड कम्पनीले जुन लाञ्छना लगाउने काम गरेको छ । त्यो अत्यन्तै आपत्तिजनक छ । त्यो दूराग्रहयुक्त पराजयको पीडाबाट आएको अभिव्यक्ति मात्रै हो । अवश्य पनि २०७४ सालको चुनावमा तत्कालीन नेकपा एमालेले जुन पार्टीको म पनि एउटा नेता रहेको हुँ । जनताले झण्डै बहुमत दिएका हुन । त्यतिखेर नेकपा एमाले र माओवादी केन्द्र यो दुईटैको संयुक्त चुनावमा तालमेल भएको थियो । त्यसैकारण जनमत बढेको हो । कमसेकम सत्य कुरा बोल्न सक्नु पर्दछ । तर, केपी ओलीले यो कुरालाई पनि ढाकछोप गर्ने र अवमूल्यन गर्ने काम गरेका छन ।’

अध्यक्ष नेपालले ओली नेतृत्वको विपक्ष गठबन्धनलाई राष्ट्रघाती भन्दै आक्रोश व्यक्त गर्नु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?