ओनसरीमा प्रधानमन्त्री बन्ने क्षमता छ : प्रचण्ड

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वसभामुख ओनसरी घर्ती प्रधानमन्त्री बन्न लायक रहेको टिप्पणी गर्नुभएको छ ।

सत्ता गठबन्धनले काठमाडौंमा आयोजना गरेको चुनावी सभामा बोल्दै प्रचण्डले काठमाडौं क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाकी उम्मेदवार रहनुभएकी घर्तीलाई आफूले सानैदेखि चिनेको र उनमा प्रधानमन्त्री बन्ने दृढता रहेको बताउनु भयो ।

मङ्सिर ४ गतेको चुनावलाई नेपाली नागरिकले प्रतिगमनलाई परास्त गर्ने अवसरको रूपमा लिनुपर्नेसमेत उहाँले बताउनु भयो । अध्यक्ष प्रचण्डले केपी ओलीले संविधानमा हस्ताक्षर गरेर पनि संविधानको रक्षक र गणतन्त्रको पक्षधर हुन नसकेको आरोप लगाउनु भयो ।

अध्यक्ष प्रचण्डले मङ्सिर ४ गतेको चुनावमा प्रतिगमनलाई परास्त गर्न सकिए देश विकास र समृद्धिको दिशामा अघि बढ्ने विश्वाससमेत व्यक्त गर्नुभयो। उहाँले सत्तारूढ दलहरू प्रतिगामी शक्तिहरूलाई परास्त गरेर सबै शक्तिको साथ देशको समृद्धिको अभियानमा लाग्न प्रतिबद्ध रहेको पनि बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?