Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

मुगुमा एमालेलाई विरासत जोगाउनै ग्राहो

गठबन्धन दलहरू भने उत्साहित

हिमालय टाइम्स
Read Time = 7 mins
A A- A+

-नृपेन्द्रबहादुर मल्ल

मुगु । जिल्ला संघ प्रदेशको निर्वाचनमा सत्तागठबन्धन दलमा उत्साह र एमालेलाई चुनाव जित्न सकस देखिएको छ ।

निर्बाचन क्षेत्र १ र प्रदेश निर्बाचन क्षेत्र दुई रहेको मुगुमा सत्तागठबन्धन दल कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी दल र प्रतिपक्ष एमाले अहिले चुनावी मैदानमा छन ।

२०७४ सालको संघ प्रदेशको निर्वाचन बाम गठबन्धन दलको तर्फबाट प्रतिनिधि सभा सदस्यमा एमालेका गोपाल बमले १३ हजार ३४ मत ल्याएर कांग्रेसका उम्ेदवार हस्तबहादुर मल्ललाई पराजित गर्नुभएको थियो । मल्लले ९ हजार ८६१ मत प्राप्त गर्नु भएको थियो ।

प्रदेश क्षेत्र–२ मा एमालेका चन्द्रबहादुर शाहीले ६ हजार ८४५ मत ल्याएर चुनाव जित्नु भएको थियो भने कांग्रेसका खडगबहादुर शाहीले ४ हजार ६१२ मत ल्याएर पराजित हुनुभएको थियो । त्यसैगरि प्रदेश क्षेत्र नं –१ मा एमाले पार्टीकै दानसिह परियारले ५ हजार ६५३ मत ल्याई चुनाव जित्नुभएको थियो भने कांग्रेसका तिलकबहादुर मल्लले ५ हजार २९९ मत ल्याएर पराजित हुनुभएको थियो ।

यो पटकको संघ र प्रदेशको निर्वाचनमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीको संयुक्त गठबनधन भै संयुक्त चुनावी मैदानमा उत्रिए पछि प्रतिपक्ष दल एमालेलाई आफ्नो विगतको विरासत जोगाउन सकस परेको छ ।

२०५६, २०७० र २०७४ का संघीय निर्वाचन जित्न सफल भएको एमाले यो पटक भने अप्ठेरो अबस्थामा परेको छ । सत्तागठबन्धन दल एक भएर निर्वाचनमा गएपछि एमालेलाई साक जोगाउन सकस परेको छ ।

गएको स्थानीय निर्वाचनमा प्राप्त गरेको दलको मतका आधारमा प्रदेश–१ मा एमाले भन्दा गठबन्धन दल करिव २५ सय मतले अगाढी देखिएको छ भने प्रदेश–२ मा गठबन्धन दल एमाले भन्दा ६ हजार मतले अघि देखिएको छ ।

दुई वटै प्रदेशको मत जोड्ने हो भने एमाले भन्दा गठबन्धन संघको निर्वाचनमा करिव ८ हजार ५ सय मतले अघि देखिएको छ ।

मंसिर ४ गते हुने संघ प्रदेशको निर्वाचनमा गठबन्धन दलबाट प्रतिनिधि सभा सदस्यमा कांग्रेस पार्टी सभापति ऐनबहादुर शाही साझा उम्मेदवारको रुपमा चुनावी मैदानमा हुनुहुन्छ भने एमालेले राजबहादुर कार्कीलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवारमा अघि सारेको छ ।

कार्की पहिलो प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुनुहुन्छ भने शाही २०७० सालको संघीय निर्वाचनमा एमालेका मोहन बानियाँबाट पराजित हुनुभएको हो ।

त्यसैगरि प्रदेश–१ मा गठबन्धन दलले प्रदेश सभामा एकीकृत समाजवादीका गोपाल बमलाई साझा उम्मेदवारका रुपमा चुनावी मैदानमा उतारेको छ भने एमालेबाट पार्टी अध्यक्ष जीतबहादुर मल्ल चुनावी मैदानमा हुनुहुन्छ ।

२०७४ सालका प्रदेश र संघको निर्वाचनमा एमाले पार्टीबाट प्रतिनिधि सभा सदस्यमा चुनाव जित्न सफल हुनुभएका बम यो पटकको निर्वाचनमा गठबन्धन दलको तर्फबाट साँझा उम्मेदवार बनेर प्रदेश–१ को प्रदेश सभा सदस्यमा चुनावी मैदानमा होमिनुभएको छ । मल्ल २०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट छायाँनाथ रारा नगरपालिकाको प्रमुख पदका उम्मेदवार हुनुहुन्थ्यो । त्यो बेला नगर प्रमुखमा मल्ल कांगे्रसका उम्मेदवार हरिजंग शाहबाट पराजित हुनुभएको थियो ।

प्रदेश–२ मा गठबन्धन दलबाट नेकपा माओबादी केन्द्र पार्टीका जिल्ला संयोजक मंगलबहादुर शाही साँझा उम्मेदवारको रुपमा चुनावी मैदानमा उत्रिनुभएको छ भने एमालेबाट कर्ण मल्ल रहनुभएको छ ।
गठबन्धनका शाही र एमालेका मल्ल दुई नौलो अनुहारमा प्रदेश सभा सदस्यको उम्मेदवार हुनुहुन्छ । द्धन्द्धकालदेखि राजनीतिकमा होमिउनुभएका शाहीलाई यो पटक प्रदेश–२ मा प्रदेश सभाको साझा उम्मेदवारको रुपमा सत्ता गठबन्धनले चुनावी मैदानमा उतारेको छ ।

यो पटकको चुनावमा सत्तागठबन्धनले गर्दा एमालेलाई सकस भएको एमाले पार्टी सचिव डबल रोकायाले भन्नुभयो ।

गठबन्धन कांग्रेस माओवादी र एकीकृत समाजवादी दल संघ र प्रदेश गरि तीन वटै सिट जित्ने दाउमा उम्मेदवारहरू शहरदेखि गाउँसम्म घरदैलो अभियान जुटेका छन् भने एमाले पनि २०७४ सालको साक फर्काउन मतदाता सित भोट माग्न उम्मेदवार गाउँबस्तीमा पुगेको छ ।

गएको स्थानीय निर्बाचनमा जिल्लाको चार वटा स्थानीयतहमा तीन उपाध्यक्षसहित दुई प्रमुख र १८ वटा वडाध्यक्ष जित्न सफल भएको कांग्रेसले गठबन्धनका कारण प्रतिनिधि सभा सदस्य एक उम्मेदवारमा चित्त बुझाउन छ भने प्रदेश–२ मा माओवादी र प्रदेश–१ मा एकिकृत समाजवादी पार्टीले प्रदेश सभाको उम्मेदवार पाएका छन ।

स्थानीय निर्वाचनमा जिल्लाको चार वटा स्थानीयतह मध्ये एकीकृत समाजवादीले एक पालिका अध्यक्ष र एक वडा अध्यक्ष पद जितेको थियो । समाजवादीले यो पटकको संघ र प्रदेश निर्वाचनमा एक प्रदेश सभाको उम्मेदवार पाएको छ ।

Ek-nepal-add-2079-5-26-All-media-in-nepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?