रग्बी टोली भारत प्रस्थान

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । एसिया रग्बी च्याम्पियनसिप डिभिजन तीन साउथमा सहभागी हुन २६ खेलाडीसहित २९ सदस्यीय नेपाली टोली बुधबार भारतको कोलकाता प्रस्थान गरेको छ । नेपाली राष्ट्रिय पुरुष टोलीले नोभेम्बर १९ देखि २५ तारिखसम्म हुने प्रतियोगितामा १५ साइड स्पर्धामा प्रतिस्पर्धा गर्नेछ । नेपाली पुरुष टोलीले दोस्रोपटक १५ साइडमा खेल्न लागेको हो । बंगलादेशको ढाकामा गत असारमा भएको प्रतियोगितामा नेपाली पुरुष टोलीले १५ साइडमा ‘डेब्यु’ गरेको थियो ।

खेलाडीहरूमा श्रीराम श्रेष्ठ (कप्तान), विराट श्रेष्ठ (उपकप्तान), विक्रम पुरी, पर्शुराम राई, विराट ऐडी, अमर श्रेष्ठ, कपिल सापकोटा, विशेष वासु, निरज कार्की, क्षितिज कार्की, विकास मगर, सुजन कुमाल, शेरबहादुर ओली, रमित कुमाल, मिलन थापा, सुरज राना, हुतराज प्रधान, सुरज चौधरी, अनुराग लामिछाने, विक्रम भारती, एडु अधिकारी, सेवक कुँवर, अनिल माझी, भेषराज बास्तोला, विशाल बडू र सुमन चौलागाईं रहनुभएको छ ।

प्रतियोगितामा नेपालसहित भारत र बंगलादेश गरी तीन राष्ट्रको सहभागिता छ । नेपालले नोभेम्बर १९ र २२ मा क्रमशः भारत र बंगलादेशसँग खेल्नेछ ।

प्रशिक्षकमा टंकराज गिरी, व्यवस्थापकमा गोपाल क्षेत्री र फिजियोमा लक्ष्मण अधिकारी हुनुहुन्छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, सदस्य अञ्जन धमला र नेपाल रग्बी संघका अध्यक्ष दिपक देवकोटाले एक कार्यक्रमबीच टोलीलाई बिदाइ गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?