यू-१९ राष्ट्रिय क्रिकेटको खेल तालिका सार्वजनिक

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो । प्रतियोगिता मंसिर ७ गतेबाट १९ गतेसम्म टियु क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता छ ।

प्रतियोगिताको उद्घाटन खेलमा बागमती प्रदेश र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो दिनबाट हरेक दिन दुई खेल हुनेछन् । मंसिर ८ गते सुदूरपश्चिम र कर्णाली तथा दिउँसो गण्डकी र प्रदेश १, मंसिर ९ गते प्रदेश १ र बागमती तथा लुम्बिनी र सुदूरपश्चिम, मंसिर १० गते कर्णाली र लुम्बिनी तथा दिउँसो बागमती र मधेश प्रदेशबीच खेल हुनेछ । फाइनल खेल मंसिर ११ गते हुनेछ ।

दीपेन्द्रको वरीयता यथावत्
यस्तै, नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर दीपेन्द्रसिंह ऐरीको आइसिसी टी-ट्वान्टी अलराउण्डर वरीयतामा यथावत् रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले अपडेट गरेको नयाँ वरीयतामा दीपेन्द्र यथावत् रहनुभएको हो । नयाँ वरीयतामा दीपेन्द्र १५औँ स्थानमा यथावत् रहनुभएको छ ।

ब्याटिङतर्फ भने दीपेन्द्र ६०औँ स्थानमा र कुशल भुर्तेल ५३औँ स्थानमा यथावत् रहनुभएको छ । बलिङतर्फ भने सन्दीप लामिछाने ७०औँ स्थानमा यथावत् रहनुभएको छ । ब्याटिङतर्फ भारतका सूर्यकुमार यादव शीर्षस्थानमा रहनुभएको छ । बलिङमा श्रीलंकाका वानिन्दु हसरंगा शीर्षस्थानमा रहँदा अलराउण्डरतर्फ भने शाकिब अल हसन शीर्षस्थानमा हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?