बिहे बन्धनमा बाँधिदै तमन्ना

Read Time = 1 min

मुम्बई । आफ्नो विवाहको खबरले बलिउड अभिनेत्री तमन्ना भाटिया यतिबेला चर्चामा हुनुहुन्छ । ‘बाहुबली’ अभिनेत्री तमन्नाले छिट्टै मुम्बईका एक व्यापारीसँग विवाह गर्ने बताइएको छ । बेहुलाको नाम भने गोप्य राखिएको छ ।

आफ्नो करियरमै धेरै हिट चलचित्र दिनुभएको छ, जसमध्ये एउटा ब्लकबस्टर चलचित्र बाहुबली हो । तमन्ना बलिउडकी सुन्दर नायिकामा गनिनुहुन्छ । उहाँलाई बलिउडमा ‘टैमी और मिल्क ब्यूटी’ उपनामले पनि चिनिन्छ ।

तमन्ना सुन्दरता, अभिनयसँगै एक्सन र कमेडी सबै कुरामा भरिपूर्ण अभिनेत्री हुनुहुनछ । उहाँको सुन्दरतामा विश्वभरका लाखौं युवाहरू मोहित छन् ।

तमन्ना बेलाबेला सामाजिक सञ्जाल र विश्वभरका मिडियामा चर्चामा आउने गर्नुहुन्छ । तमन्नाले आफ्नो करिअरको सुरुवात सन् २००५ मा १५ वर्षको उमेरमा चलचित्र ‘चाँद सा रोशन चेहरा’बाट गर्नुभएको थियो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?