Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

गायनमा पूर्णिमाको व्यस्तता

हिमालय टाइम्स
Read Time = 2 mins
A A- A+

काठमाडौं । गायिका पूर्णिमा लामा नेपाली सुगम संगीत क्षेत्रकी एक चिर परिचित गायिका हुनुहुन्छ । उहाँका ‘मुटु जली खरानी भो, फूल भनौ जिन्दगीलाई, साँचो माया, कसले बुझ्ने, चोखो माया’ जस्ता दर्जनौं गीत करोड भ्युजमा छन् । श्रोता/दर्शकमाझ उहाँको लोकप्रियता बढदो छ गीतको चर्चासँगै ।

कलिलो उमेरदेखी नै गीतसंगीतमा होमिनुभएकी पूर्णिमाले गीत गाएर थुप्रै अवार्ड समेत चुम्न सफल हुनुभएको छ । पूर्णिमा यो सफलता सानैबाट गायनमा लागेको लगाव रहेको सुनाउँनुहुन्छ । उहाँले अवार्ड पाउँदाको खुशी आफ्नो परिवार र श्रोता दर्शकको माया रहेको बताउँनुहुन्छ । डेढ दशकदेखि निरन्तर गीतसंगीत क्षेत्रमा क्रियाशील रहनुभएकी उहाँले पाँच सय हाराहारी गीतमा स्वर दिएको उहाँको दाबी छ ।

देश तथा विदेशमा हुने सांगीतिक कार्यक्रममासमेत पूर्णिमाले आफ्नो सांगीतिक प्रस्तुति दिँदै आउनुभएको छ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका समयमा केही कम भएका उहाँका गीतसंगीत यतिबेला भने फेरि चर्चामा आउन थालेका छन् ।

उहाँले नेपालबाहेक हङकङ, कोरिया, दुबई, कतार, मलेसियालगायत देशमा पुगेर सांगीतिक कार्यक्रम पस्किनुभएको छ । ‘सांगीतिक कार्यक्रमका लागि नेपालमा होस् या विदेशमा उतिकै मात्रामा रुचाइदिनु भएको छ । यो मेरो सानो सफलता हो । सफलताको खुट्किलो पार गर्नका लागि मैले अझैँ मिहिनेत गर्नुपर्नेछ’, पूर्णिमा भन्नुहुन्छ ।

Ek-nepal-add-2079-5-26-All-media-in-nepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?