नीर कमलको ‘कहाँ राखु प्रिय’ सार्वजनिक

Read Time = 2 mins

काठमाडौं । गीतकार नीरकमल खड्का (ममल) द्वारा रचित गीत ‘कहाँ राखु प्रिय’ सार्वजनिक भएको छ । अस्मिता अधिकारीको स्वर र प्रमोद निर्वाणको संगीत एवं एरेञ्ज र गोपाल ढकाल ‘छन्दे’को निर्देशन रहेको गीतको भिडियो बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो । वरिष्ठ अभिनेता राजाराम पौडेलको हातबाट गरिएको गीतको भिडियो सार्वजनिक समारोहमा गीतसँग सम्बन्धित कलाकार तथा प्राविधिक टिमलाई सम्मानसमेत गरिएको थियो ।

कार्यक्रममा अभिनेता पौडेललगायत अतिथिहरूले भिडियो निकै उत्कृष्ट बनेको र विदेशमा वस्ने नेपालीहरूको नेपाली गीतसंगीतप्रतिको लगावका कारण आज नेपाली सांगीतिक क्षेत्र यहाँसम्म आइपुगेको बताउनुभयो । यस्तै, भिडियो निर्माणका विषयमा भएका गतिविधि र निर्माणका क्रममा भएका अनुभव बताउँदै निर्देशक ढकालले आफूले शब्द र गीत अनुसारको भिडियो निर्माणमा करिब दुई महिनाको तयारी गरेकाले सोचेको जस्ता परिणाम पाएको जिकिर गर्नुभयो ।

सन्दीप भुजेलको कोरियोग्राफी रहेको गीतको भिडियोमा सोनितराज ढुंगेल, डा.सलिना भित्रकोटी र अनिल नगरकोटीलाई फिचरिङ गरिएको छ । ओम प्रसार्इंको छायांकन रहेको भिडियोमा दिनसन शाहको सम्पादन तथा कलरिङ छ ।

अभि श्रेष्ठ प्रडक्सन म्यानेजर रहेको टिममा सौन्दर्यविद् मनिषा जिसी तथा सृष्टि थापा मगरको शृंगार तथा ड्रेस डिजाइनर सुमित रजक हुनुहुन्छ । बैजु खड्काको प्रस्तुति रहेको भिडियोको निर्मातामा यमु कार्की खड्का हुनुहुन्छ भने पेजेन्ट नेपालको निर्माण रहेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?