दुगड समूहका अध्यक्ष किसनलाल सम्मानित

Read Time = 2 mins

काठमाडौं । केएल दुगड समूहका अध्यक्ष किसनलाल दुगडलाई नेपाल बैंकले ८६औँ वार्षिकोत्सवका अवसरमा सम्मान गरेको छ । किसनलाल दुगड आफ्नो सम्मानित, मर्यादित, नियमित सहयात्रीका रूपमा बैंक स्थापनाकालदेखि नै व्यावसायिक साझेदारका रूपमा रहिरहेको भन्दै सम्मान प्रदान गरेको हो ।

साथै मुलुकमा आर्थिक कारोबारलाई प्रवद्र्र्धन गर्दै रोजगारी सिर्जना, उत्पादनमूलक क्षेत्रमा लगानी गरी निर्यातमार्फत् विदेशी मुद्रा आर्जन, आपूर्ति प्रणालीलाई सहजीकरण, उद्यमशीलता प्रवद्र्धनमा समेत उहाँको महत्वपूर्ण योगदान रहेको बैंकले जनाएको छ ।

सम्मान ग्रहण गर्दै किसनलाल दुगडले आफूले पहिलो बैंकिङ कारोबार नेपाल बैंकबाट गरेको, सन् १९६० मा नेपाल बैंकमार्फत् नै एलसी खोलेर कच्चा जुट निर्यात गरेको, सन् १९८१ मा एउटै एलसीमार्फत् बैंककै इतिहासमा हालसम्मकै ठूलो एलसीमार्फत् चामल बंगलादेश निर्यात गरेको, बैंककै साथका कारण आफू तथा आफ्नो समूहले कृषि तथा विभिन्न क्षेत्रसँग सम्बन्धित उद्योग स्थापना गरी उत्पादित वस्तु निर्यातसमेत गर्न सफल भएको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?