एनसेलको निर्वाचन अफर

Read Time = 2 mins

काठमाडौं । एनसेलका ग्राहकले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका बेलामा आफू अपडेटेड रहन विभिन्न डेटा र भ्वाइस प्याकबाट फाइदा लिन सक्ने भएका छन् । एनसेल आजियाटा लिमिटेडले प्रदान गरेका प्याकले ग्राहकलाई सञ्चार सेवामा पहुँच सुनिश्चित गर्ने र सेवा सहज र सुलभ हुने जनाएको छ । आवश्यकताका आधारमा ग्राहकले दैनिक, साप्ताहिक वा मासिक प्याक छनोट गर्न सक्नेछन् । करसहित ४८ मा २४ घण्टा अर्थात् एक दिनसम्म अनलिमिटेड डेटा र नेपालका सबै नेटवर्कमा पठाउन मिल्ने ४० अल नेट एसएमएस प्याक रहेको छ ।

डेटा सेवातर्फ डबल मजा प्याकअन्तर्गत सात दिनको समयसीमा रहेको पाँच जिबी डेटा र एक जिबी नाइट डेटा प्रयोग गर्न सक्नेछन् । डबल मजा प्याक खरिद गर्ने ग्राहकले सोही प्याक पुनः खरिद गर्दा दोब्बर डेटा भोल्युम प्राप्त गरी डबल फाइदा लिन सक्ने कम्पनीले जनाएको छ । त्यस्तै, २९ रुपैयाँमा ग्राहकले एकदिने एक जिबी अल टाइम डेटा र सय एमबी बोनस डेटा प्याक प्राप्त गर्न सक्नेछन् ।

त्यसैगरी भ्वाइस सेवाअन्तर्गत ग्राहकले अल नेपाल भ्वाइस प्याक प्रयोग गरी कुनै पनि नेटवर्कमा सुलभ दरमा कल गर्न सक्छन् । यो प्याकमा रहेको पाँच सय मिनेट अल नेट कल दुई सय ६५ रुपैयाँमा सुचारु गर्न सकिनेछ । अन नेट कलका लागि पनि ग्राहकलाई इन्डलेस कुराकानी प्याकको विकल्प रहेको छ । यस प्याकमा रहेको कुल आठ सय ७५ मिनेट अन नेट टक टाइम अर्थात् हरेक दिन एक सय २५ मिनेट अन नेट टक टाइम, सात दिनसम्म ९५ रुपैयाँमा सुचारु गर्न सकिनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?