न्युट्रिप्सलका सूर्यमूखी र सोयाबिन तेल

Read Time = 2 mins

काठमाडौंं । आरएमसी फुड्सले ‘न्यूट्रिप्लस’ ब्राण्डअन्तर्गत विभिन्न प्रकारका खाद्यान्न तेल बजारमा ल्याएकोमा पछिल्लोपटक न्यूट्रिप्लसअन्तर्गत ‘न्यूट्रिप्लस’ सूर्यमूखी, सोयाबिन र पालमोलिन गरी तीन प्रकारका तेल सार्वजनिक गरेको छ ।

आरएमसी ग्रुपले विगत ३० वर्षदेखि निर्माण सामग्री उत्पादन तथा आपूर्ति गर्दै आएको छ । खाद्यान्न क्षेत्रमा पनि गुणस्तरीय उत्पादन आपूर्तिको आवश्यकता महसुस गर्दै आरएमसी फुड्स सञ्चालनमा ल्याउन प्रेरणा मिलेको कम्पनीले जनाएको छ ।

कम्पनीले आफ्ना खाद्यान्न उत्पादनको ब्राण्ड एम्बेसडर प्रख्यात टेलिभिजन कार्यक्रम बिबिसी मास्टर सेफका फाइनालिस्ट सेफ सन्तोष साहलाई अनुबन्ध गरेको छ । सो अवसरमा कम्पनीका कार्यकारी निर्देशक राजेशकुमार अग्रवालले भन्नुभयो, ‘गुणस्तरीय खाद्यान्न उत्पादनहरू आपूर्ति गरी ग्राहकको मन जित्ने हाम्रो मूल उद्देश्य रहेको छ ।

यस कार्यमा यहाँहरूको साथ र सहयोगले शीघ्र न्यूट्रिप्लस प्रत्येक घर–घरमा र सबैको मन-मनमा बस्न सफल हुनेछ भन्ने विश्वास हामीले लिएका छौँ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?