बेस्ट एयरलाइन्स अवार्ड आयोजना हुने

Read Time = 3 mins

काठमाडौं । नेपालमा पहिलोपटक ‘बेस्ट एयरलाइन्स अवार्ड नेपाल २०२२’ हुने भएको छ । बेस्ट एयरलाइन्स अवार्ड्स नेपाल (बान)ले यही १३ डिसेम्बरमा अवार्ड आयोजना गर्ने भएको हो । सो सम्बन्धमा हस्पिटालिटी पार्टनरका रूपमा हायात प्लेस काठमाडौं र बानबीच बुधबार सम्झौता भएको छ । हायातका डाइरेक्टर अफ सेल्स एन्ड मार्केटिङ अचिन्त रस्तोगी र बानका अध्यक्ष सागरदेव लाखेले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

पर्यटन क्षेत्रमा हवाई क्षेत्रले गरेको योगदानको कदर गर्दै हवाई क्षेत्रलाई जनउत्तरदायी बनाउने अभिप्रायका साथ अवार्ड कार्यक्रम गर्न लागिएको अध्यक्ष लाखेले जानकारी दिनुभएको छ । विभिन्न १६ विधामा दिइने अवार्ड्समध्ये तीन विधा नेपाली वायुसेवाका लागि रहनेछ भने ११ विधामा नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवाले प्रतिस्पर्धा गर्नेछन् । बाँकी २ विधामा हवाई उड्डयन सुरक्षित र सहज बनाउन भूमिका खेल्ने विभिन्न साझेदारमध्येबाट उत्कृष्टलाई दिइनेछ ।

नेपाल पर्यटन बोर्डसँगको साझेदारीमा हुने कार्यक्रमका लागि विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्दै आएका २७ वायुसेवा र आन्तरिकतर्फका नौ वायुसेवाले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । निर्णायक मण्डलमा नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष शेखर गोल्छा, होटल द्वारिकाजका अध्यक्ष तथा नेपालका लागि स्पेनका अनररी कन्सुलर अम्बिका श्रेष्ठ, होटल एसोसिएसन नेपालकी सिर्जना राणा, स्कुल क्लब अफ काठमाडौंका अध्यक्ष प्रवीणबहादुर पाण्डे, नाटाका पूर्वअध्यक्ष सिएन पाण्डे, पाटा नेपाल च्याप्टरका अध्यक्ष विभूतिचन्द ठाकुर, एभिएसन म्युजियमका प्रमुख कार्यकारी अधिकृत वेद उप्रेती, कान्तिपुर मिडिया ग्रुपका प्रमुख कार्यकारी अधिकृत महेश स्वार, लिड नेपाल इन्क्वाय अनिलकेशरी शाह, सिजी होल्डिङ्सका अध्यक्ष अरूण चौधरी तथा नेपाल गैरआवासीय संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो पनि रहनुहुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?