जापानी विदेश राज्यमन्त्री नेपाल आउँदै

रासस
Read Time = 2 mins

काठमाडौं । मित्रराष्ट्र जापानका विदेश राज्यमन्त्री सुनसुके ताकेई यही मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षणका लागि नेपाल आउँदै हुनुहुन्छ । उहाँ निर्वाचन पर्यवेक्षणका लागि नेपाल आउन लाग्नुभएको नेपालस्थित जापानी दूतावासले जनाएको छ ।

नेपालमा यसअघि विसं २०७४ को आमनिर्वाचनमा जापान सरकारले पूर्वउपमन्त्री होरी इवाओ एचईको नेतृत्वमा निर्वाचन पर्यवेक्षण टोली पठाएको थियो । मन्त्री ताकेई जापानबाट नेपाल निर्वाचन पर्यवेक्षकका रूपमा पठाइने उच्च अधिकारी हुनुहुन्छ । ‘नेपालको थप विकास र समृद्धिका लागि लोकतान्त्रिक शासन व्यवस्था अपरिहार्य भएकाले आसन्न निर्वाचन निष्पक्ष, पारदर्शी र शान्तिपूर्ण रूपमा सम्पन्न हुनुपर्ने आवश्यकतामा जापानले जोड दिएको छ,’ दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

दुईदिने नेपाल बसाइका क्रममा उहाँले नेपालका उच्च पदस्थ व्यक्तित्वसँग शिष्टाचार भेट गर्नुहुने कार्यक्रम छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?