काठमाडौं । बागमती नदी किनारमा अवैध घरटहरा बनाएका सुकुम्बासीले आन्दोलन थालेका छन् । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले १० दिनभित्र बस्ती खाली गर्न सूचना निकालेपछि सुकुम्बासीहरू चुनावको मुखमा सडकमा उत्रिएका हुन् । मंगलबार समितिको कार्यालय घेराउ गरेका सुकुम्बासीले बिहीबार काठमाडौंको सडकमै उत्रिएर आन्दोलन गरेका थिए । विभिन्न २३ संस्थाको संयुक्त आयोजनामा सुकुम्बासीको आन्दोलन सुरु भएको हो ।
सुकुम्बासीले बागमती नदी किनारमा बस्न पाउनुपर्ने माग गरेका छन् । उनीहरूले त्यहीअनुसार बिहीबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् । उक्त आन्दोलनलाई नागरिक समाजले पनि समर्थन गरेको छ ।
संयुक्त सुकुम्बासी मोर्चाको अगुवाइमा भएको विरोधमा प्रदर्शनमा सुकुम्बासीहरूले वर्षाैंदेखि बसिरहेका आफूहरूलाई हटाउने होइन जग्गा धनी लालपुर्जा दिनुपर्ने माग गरेका छन् । सरकारले सुकुम्बासी बस्तीमा रहेका वास्तविक सुकुम्बासीहरूको पहिचान गर्नुपर्ने र भूमिहीनहरूलाई बासस्थानको ग्यारेन्टी गर्नुपर्ने उनीहरूको माग छ । सरकारको अल्टिमेटमपछि अफ्ठेरोमा परेका उनीहरूले सरकारले छानबिन प्रारम्भ गरे नक्कली सुकुम्बासीहरू आफैँ उठेर हिँड्ने तर वास्तविक सुकुम्बासीलाई सरकारले जग्गा दिनुपर्ने माग गरेका छन् ।
थापाथलीस्थित सुकुम्बासी बस्तीमा बस्दै आउनुभएका भीमबहादुर चेपाङले सरकारले सुकुम्बासी बस्तीमा बसोबास गर्ने वास्तविक सुकुम्बासीको पहिचान गर्नुपर्ने र भूमिहीनहरूलाई वासस्थानको ग्यारेन्टी गर्नुपर्ने माग गर्नुभयो । सरकारले वास्तविक र नक्कली सुकुम्बासी पत्ता लगाउन छानबिन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । सरकारले छानबिन प्रारम्भ गरे नक्कली सुकुम्बासीहरू आफैँ उठेर हिँड्ने उहाँको भनाइ छ । चेपाङले वास्तविक सुकुम्बासीलाई सरकारले जग्गाको व्यवस्था गरिदिनसमेत आग्रह गर्नुभयो ।
बागमती नदी ओगटेर बसेका सुकुम्बासीहरूलाई हटाउन सरकारले पटक पटक प्रयास गर्दै आइरहेको छ । तर, हालसम्म हटाउन सकेको छैन । सुकुम्बासी बस्तीका बासिन्दाले भने बारम्बार माग गर्दा पनि सरकारबाट उनीहरूको समस्याको स्थायी समाधान हुन नसकेको गुनासो गरिरहेका छन् ।
मतदातालाई असर गर्ने गरी सुकुम्बासी बस्ती हटाउन मिल्दैन : आयोग
निर्वाचन आयोगले मतदातालाई असर गर्ने गरी सुकुम्बासी बस्ती हटाउन नमिल्ने जनाएको छ । आयोग कार्यालयमा बिहीबार अपरान्ह आयोजित पत्रकार सम्मेलनमा निर्वाचन प्रमुख आयुक्त दिनेशकुमार थपलियाले मतदातालाई असर गर्ने गरी सुकुम्बासी बस्ती हटाउन नमिल्ने जानकारी दिनुभएको हो । यदि कसैले सुकुम्बासी बस्ती हटाए कारबाही गर्ने उहाँले चेतावनी दिनुभयो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका