मार्गकृष्ण एकादशी उत्पत्तिकाको महिमा

A A- A+

✍️ तोयराज नेपाल

अघि सत्य युगमा ‘मुर’ नामगरेको अत्यन्त डरलाग्दो दैत्य थियो । जसले स्वर्ग, मत्र्य र पाताल तीनै लोकलाई जितेर आफ्ना वशमा गरी इन्द्रादि देवतालाई स्वर्गबाट निकालेर चन्द्रावती (इनद्रावती) नगरमा बसेर आफैँ राज्य चलाउन लाग्यो । देवताहरू डरले भयभीत भएर पृथिवीमा घुम्न लागे । यो कुरा इन्द्रले शिवजीलाई भने, शिवले भन्नुभयो-हे इन्द्र तिमीहरू भगवान् नारायणका शरणमा गएर यो कुरा बिन्ती गर, उहाँले नै यसको विनाशको उपाय गर्नुहुन्छ । शिवका कुरा सुनेपछि इन्द्रादि देवता विष्णुका शरणमा गएर । उहाँको प्रार्थना गरी मुरको उपद्रवको वर्णन गरे । विष्णु पनि सम्पूर्ण देवताहरूका सथमा चन्द्रावती (इनद्रावती) नगरमा जानुभयो । देवताहरूलाई देख्नासाथ मुरले आफ्ना सेनासहित भएर देवताहरूसँग घोरघमासान युद्ध गर्न थाल्यो । सारा देवताहरू डरले भागे । भगवान् नारायणलाई देखेर दैत्यले ए पर्खीपर्खी भनेर ललकार्‍यो । विष्णुले पनि सुदर्शन चक्रको प्रहारले मुरका सबै सेनाहरू ध्वस्त पार्नुभयो । मुर एक्लै देवताकासाथमा युद्ध गर्न लाग्यो र युद्ध गर्दागर्दै सम्पूर्ण देवताहरूलाई पराजित गरायो । अनि विष्णुकासाथमा बाहुयुद्ध गरेर विष्णुलाई समेत जित्यो । त्यसपछि विष्णु बदरिकाश्रममा सिंहावती नामका गुफामा गएर सुत्नुभयो । त्यो दैत्य भगवानका पछिपछि लागेर त्यसै गुफामा पस्यो र आज तँलाई नमारी छोड्दिन भन्दै जाइलाग्यो ।

विष्णुको तेजबाट उत्पत्ति भएकी दिव्य शरीरवाली कन्या एकादशी थिइन् । विष्णुका तेजबाट उत्पत्ति भएकी हुँदा तिनको नाम उत्पत्तिका रहेको हो । ती एकादशीका कुरा सुनेर भगवान् विष्णुले भन्नुभयो- हे कल्याणी तिमीले मप्रति बडो कृपा गरी त्यस दुष्ट दैत्यलाई मारेर ठूलो उपकार गर्‍यौ ।

त्यस दैत्यले त्यसो भन्दाभन्दै भगवानका शरीरबाट उत्पन्न भएको तेजद्वारा एउटी अत्यन्त सुन्दरी र तेजिली कन्या उत्पत्ति भइन् । ती कन्याका रूप लावण्यद्वारा त्यो मुर दैत्य मोहित भयो । ती कन्या युद्धकलामा अत्यन्त कुशल थिइन्, त्यसैले मुरकासाथमा युद्ध गर्न लागिन् । युद्ध गर्दागर्दै ती कन्याले मुरदैत्यलाई युद्धभूमिमा पछारेर मारिन् । अनि सुतेका विष्णु बिउँझिनुभयो र दैत्यको लास देखेर आश्चर्यचकित हुँदै भन्नुभयो, अहो ! यस्तो भयंकर दुष्ट मेरो शत्रु दैत्यलाई कसले मार्‍यो ? यो दैत्य समानता यस पृथिवीमा देवता, गन्धर्व, यक्ष कोही पनि छैनन्, भन्नुभयो । यसरी विष्णुले भन्दै गर्दा दिव्य शरीर धारण गरेकी विष्णुका तेजबाट उत्पन्न भएकी ती कन्याले भनिन्-यस दुष्ट दैत्यलाई मैले मारेकी हुँ, किन कि यस दुष्टले सम्पूर्ण देवताहरूलाई पीडित गराएर स्वर्गलोकबाट निकालेर आफैँ राज्यासनमा बसेको थियो ।

त्यसो भन्ने ती विष्णुको तेजबाट उत्पत्ति भएकी दिव्य शरीरवाली कन्या एकादशी थिइन् । विष्णुका तेजबाट उत्पत्ति भएकी हुँदा तिनको नाम उत्पत्तिका रहेको हो । ती एकादशीका कुरा सुनेर भगवान् विष्णुले भन्नुभयो- हे कल्याणी तिमीले मप्रति बडो कृपा गरी त्यस दुष्ट दैत्यलाई मारेर ठूलो उपकार गर्‍यौ । किन कि त्यस दुष्टले ता देवतासहित मलाई पनि जितेर देवताको कुभलो गरेको थियो । विष्णुका वचन सुनेर एकादशीले भनिन्-हे भगवान् सम्पूर्ण शत्रुको विनाश गर्ने स्वभाव भएकी म एकादशी हुँ । देवतालाई त्रास दिने उग्रस्वभावको त्यस दैत्यलाई देवताहरूका हितकानिम्ति मैले मारेकी हुँ । एकादशीका वचन सुनेर भगवानले भन्नुभयो- हे कन्ये तिम्रो कल्याण होस्, दुष्ट दैत्यलाई मारेको हुँदा देवताहरू तिमीसँग सन्तुष्ट भएकाछन्, तीनै लोकमा आनन्द भएको छ । ऋषिमुनिहरू पनि प्रसन्न एवं आनन्दित भएका छन्। त्यसकारण हे एकादशी तिमी के वर माग्दछ्यौ माग, म दिन्छु, भन्नुभयो । अनि कन्याले भनिन्–हे भगवान् यदि हजुरले मलाई वरदान दिने भए-

१-  स्वर्ग मत्र्य र पातालमा म हजुरकी प्यारी हुन पाऊँ, २- सम्पूर्ण तिथिहरूमा प्रधान अर्थात् मुख्यतिथि हुन पाऊँ र ३- सम्पूर्ण विघ्नको विनाश गर्नसक्ने, सम्पूर्ण पाको नाश गर्नसक्ने, आयु एवं बलको वृद्धि गर्न सक्ने पनि हुन पाऊँ, जसले मेरो अर्थात् एकादशीको भक्तिपूर्वक उपवास बसेर व्रत लिन्छन् तिनीहरूका सम्पूर्ण कामनाहरू सिद्धि हऊन्, मनोरथ पूर्ण हऊन् भनेर वरदान मागिन् । त्यसपछि भगवानले भन्नुभयो–हे कल्याणी तिमीले मागेका सबै वर म दिन्छु । जसले धर्म, अर्थ काम र मोक्ष प्राप्तिका लागि तिम्रो उपासना गर्दछन् अर्थात् उपवासपूर्वक एकादशीको व्रत लिन्छन्, तिनका सबै कामना पूर्ण हुन्छन् । तिनले चिताएको पूरा हुन्छ । यस लोकमा जो-जो मेरा भक्त छन् ती तिम्रा पनि भक्त हुनेछन् । मेरा प्रसादले गर्दा तिमी सबै तिथिमा सर्वाेत्तम हुनेछ्यौ, भनी वरदान दिनुभयो ।

यश विषयमा अर्को एउटा उपाख्यान छ :
अघि कीकटदेशमा कर्णसेन नाम गरेका राजा थिए । उनी सम्पूर्ण प्रजाहरूलाई पुत्रवत् पालन गर्दथे । सबैजना सुखी थिए । तर सुदामा नाम गरेका एकजना ब्राहृमण ज्यादै गरिब थिए । परिवार पालन पनि उनलाई मुस्किल थियो । उनकी पत्नी अत्यन्त पतिव्रता थिइन् । एकदिन पत्नीले एकान्तमा पतिलाई भनिन्-हे स्वामी पूर्वजन्ममा पाप गर्ने मानिस धर्म हीन हुन्छ, जब धर्महीन हुन्छ, उसलाई धन प्राप्ति हुँदैन । धन नभएपछि धर्मकर्म हुन सक्तैनन् । त्यसकारण कुनै पनि उपायले धर्म प्राप्ति गर्नु पर्‍यो, धर्मबाट धनहुन्छ, धनबाट सत्कर्म गर्न सकिन्छ, सत्कर्मबाट धन, धनबाट सुख प्राप्त हुन्छ । त्यसकारण धर्म कमाउनु पर्‍यो भनिन् । यसो भन्दाभन्दै नारदऋषि आइपुग्नुभयो । उहाँको स्वागतसत्कार गरेर सुदामाले भने-हे ऋषिवर यस राज्यमा सबै मानिसहरू धनीमानी छन्, तर हामी भने अत्यन्त गरिब छौँ । कसरी धन प्राप्त गर्न सकिन्छ उपाय बताइदिनुहोस् भने ।

सुदामा नाम गरेका एकजना ब्राहृमण ज्यादै गरिब थिए । परिवार पालन पनि उनलाई मुस्किल थियो । उनकी पत्नी अत्यन्त पतिव्रता थिइन् । एकदिन पत्नीले एकान्तमा पतिलाई भनिन्-हे स्वामी पूर्वजन्ममा पाप गर्ने मानिस धर्म हीन हुन्छ, जब धर्महीन हुन्छ, उसलाई धन प्राप्ति हुँदैन ।

सुदामा ब्रहृमणका वचन सुनेर नारदजीले भन्नुभयो- हे ब्राहृमणदेव ! मार्गकृष्ण एकादशी जसलाई उत्पत्तिका एकादशी भनिन्छ, त्यस एकादशीको श्रद्धा एवं भहक्तिभावले उपवासपूर्वक व्रत गर्नाले मानिसका सम्पूर्ण पाप नाश भई तत्काल धनाढ्य भई यसलोकमा सुख आनन्द भोग गरी परलोकमा मोक्षसमेत प्राप्ति हुन्छ । त्यस कारण तपाईँहरू पनि यस एकादशीको व्रत गर्नुहोस्, अवश्य धन ऐश्वर्य लाभ भई धार्मिक वृत्ति जाग्ने छ र परलोकमा मोक्षसमेत प्राप्त हुन्छ भनेर नारदजी जानुभयो । नारदजीका उपदेशबाट सुदामाका दम्पतीले पनि मार्ग कृष्णएकादशीको श्रद्धा एवं भक्तिसाथ उपवास बसेर व्रत गरे । त्यसव्रतका प्रभावले उनीहरूलाई ऐश्वर्य प्राप्तिभयो । धन प्राप्ति हुँदै गएपछि क्रमशः धर्मकर्महरू पनि हुँदै गए । धर्मकर्म हुँदै गएपछि यस लोकमा आनन्दपूर्वक जीवन व्यतीत गरेर परलोकमा मोक्षसमेत प्राप्त गर्न सफल भएका थिए । त्यसकारण हामी पनि उत्पत्तिका एकादशीको श्रद्धाएवं भक्तिभावले उपवासपूर्वक व्रत गरौँ । हाम्रा सम्पूर्ण मनोरथहरू पूर्ण भई परलोकमा मोक्षसमेत प्राप्त हुनेछ । ॐ हरये नमः।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?