आँबुखैरेनी गाउँपालिकाद्वारा १५ बेडको आँबुखैरेनी अस्पताल संचालनमा

हिमालय टाइम्स
Read Time = 3 mins

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकाले आँबुखैरेनी अस्पताल संचालनमा ल्याएको छ । गाउँपालिकाले १५ बेडको आँबुखैरेनी अस्पतालको सेवा आजदेखि सुरु गरेको हो । आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष श्री शुक्र चुमानको अध्यक्षतामा अस्पतालकाे शुभारम्भ गरिएकाे थियाे ।

गाउँपालिकाको नवनिर्मित भवन अगाडी पहिले वडा २ र ३ को कार्यालय रहेको सामुदायिक भवनलाई अस्पतालमा परिणत गर्दै गाउँपालिकाले अस्पतालको सेवा सुरु गरेको छ । गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरि अस्पतालको सेवा सुरु गरेको हो ।

Aabukhaireni hospital-Subharambha

सेवा शुभारम्भको अवसरमा बोल्दै जनता माझ आफुले चुनावको बेला गरेको वाचा पूरा गरेको गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताउनुभयाे । उहाँले भन्नुभयाे ‘सरकारी स्तरबाटै स्थानीय रुपमा अस्पताल संचालनमा ल्याएसँगै स्थानीय नागरिकले उपचारको लागि महंगा निजि अस्पताल जानुपर्ने बाध्यात्मक अवस्थाबाट मुक्त हुनेछ’ । अब सामान्य नागरिकले पनि सर्वसुलभ मूल्यमा गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण बनेको उहाँले बताउनुभयाे ।

अस्पतालमा अहिले एक जना डाक्टरको मेडिकल टिमले सेवा दिनेछ भने आवश्यकताअनुसार थप स्वास्थ्यकर्मी र डाक्टर व्यवस्था गर्नेछ । यस्तै गाउँपालिकाले डाक्टरसहितको मोबाइल टिम टोल टोलमा पुगि जनताको स्वास्थ परिक्षण गर्नका निम्ति समेत योजना बनाएको अध्यक्ष चुमानले बताउनुभयाे।

असुपतालले OPD सेवा, ल्याव, X-Ray, ECG, USG, इमर्जेन्सी, Impatient, OT, खोप, DOTS, CBIMNCI, फार्मेसी, सुरक्षित मातृत्व, परिवार नियोजनलगायतका सेवाहरु प्रदान गर्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?