देशलाई आत्मनिर्भर बनाउनसक्ने नेतृत्व चयन गर्न आवश्यकः अध्यक्ष तिमिल्सिना

हिमालय टाइम्स
Read Time = 3 mins

ललितपुर । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आसन्न निर्वाचनबाट देशलाई सबै क्षेत्रमा आत्मनिर्भर बनाउने नेतृत्वको चयन गर्नुपर्ने बताउनुभएको छ ।

बिहीवार ललितपुरमा भएको चिनियाँ नयाँ नेतृत्वले नेपाल र विश्व सम्बन्धमा पार्ने प्रभावबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले यस्तो बताउनुभएको हो । उहाँले भविष्यको नेतृत्व चयन गर्दा सधैँ विदेशीबाट ऋण लिएर राज्य सञ्चालन गर्ने नभइ देशलाई आत्मनिर्भर बनाउँछु भन्ने नेतृत्वको चयन गर्न आवश्यक रहेको बताउनु भयो ।

अध्यक्ष तिमिल्सिनाले आसन्न निर्वाचनबाट नेतृत्व चयन गर्दा अहिले भएका मध्येबाट राम्रो उम्मेदवारहरुलाई जिताउन आवश्यक रहेको बताउनु भयो । उहाँले राजनीतिमा लागेका नयाँ युवा पुस्ताहरुले आफ्नो हस्तक्षेपकारी भुमिका निर्वाह गर्न ठोस एजेण्डासहित आउन जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘भविष्यको लिडरसिप अब हामीले यस्तो बनाउनुपर्‍यो की सधैँ हात थाप्ने होइन, हामी त भुनावमा जाँदा अमेरिकाले पत्याउँछ, चीनले पत्याउँछ र भोट माग्छौँ, अर्कोले पत्याइदिने ऋण दिनको लागि भोट माग्ने हो र ? ऋण नचाहिने बनाउँछु भनेर भोट माग्ने लिडरसिप हामीलाई चाहिएको हो । यस दिशामा जाने गरीकन नेतृत्व चयन गर्नुपर्छ । नभएको खोजेर हामी कहाँबाट ल्याउने, जति छ, त्यो मध्येमा त राम्रो खोजौँ । नयाँ पुस्ताहरु त्यस्तो नेतृत्व गर्न म आउँछु भनेर लागौँ । अहिले केही नयाँ युवाहरु त्यसरी उम्मेदवारी दिनुभएको छ । तर ठोस एजेण्डा के हो ? हस्तक्षेपकारी भुमिका हुनको लागि त्यो ढंगले आउनसक्ने हुनुपर्छ । त्यसलाई विकास गरौँ र त्यो नहुँदासम्म भएको मध्येबाट कसले गरिरहेको छ, त्यसलाई प्रोत्साहित गर्नेतिर लागौँ ।’

अध्यक्ष तिमिल्सिनाले नेतृत्वले गरेका कामबाट विश्वले नेपालको नाम लिनसक्ने बनाउन सक्षम नेतृत्वलाई जिताउन आवश्यक भएको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?