युएईले दियो नेपाललाई एक सय ७७ रनको लक्ष्य

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

काठमाडौं । अन्तिम एकदिवसीय खेलमा युएईले नेपाललाई एक सय ७७ रनको लक्ष्य दिएको छ । टस जिटेर पहिले फिल्डिङ रोजेपछि युएईले ब्याटिङ गर्दै ५० ओभरमा एक सय ७६ रन बनाएको छ ।

नेपाली बलरहरूले अपेक्षाअनुसार नै उत्कृष्ट प्रदर्शन गरेका थिए । ११ रन बनाउँदा पहिलो विकेट लिएको नेपालले युएईले ९३ रन जोड्दा नौ विकेट लिएको थियो । तर, युएईका आयान अफजल खान र हजरत बिलाल टिकेर खेलेपछि मध्यम योगफल बनाएको हो । आयानले ६३ बलमा ५४ रन बनाए । उनले सात चौका र एक छक्का प्रहार गर्दै युएईको पारी सम्हालेका थिए । हजरतले ५४ बलमा २० रन बनाए ।

नेपालका लागि गुल्सन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले समान दुई-दुई विकेट लिए । ललित राजवंशी र सोमपाल कामीले एक-एक विकेट लिएका छन् ।

यसअघि नेपाल र युएईले एक एक खेल जितेका छन् । आज जसले जित्छ शृंखला उसकै पक्षमा जानेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?