गाजामा भीषण आगलागीमा परी कम्तीमा २१ जनाको मृत्यु

रासस
Read Time = 2 mins

गाजा । उत्तरी गाजा पट्टीको एक आवासीय भवनभित्र बिहीबार भएको भीषण आगलागीमा सात बालबालिकासहित कम्तीमा २१ प्यालेस्टाइनीको मृत्यु भएको छ । यस घटनामा परी अन्य ३० भन्दा बढी घाइते भएका सुरक्षा र चिकित्सा स्रोतहरुले बताएका छन् । जबलिया शरणार्थी शिविरको ताल-जातर क्षेत्रमा लागेको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको इन्डोनेसियाली अस्पतालका निर्देशक सलाह अबु लैलाले जानकारी दिनुभएको छ ।

प्यालेस्टिनी सिभिल डिफेन्सले एक विज्ञप्तिमा उद्धार टोली र धेरै सुरक्षाकर्मी घटनास्थलमा पठाएको घोषणा गरेको छ । प्यालेस्टिनी प्रत्यक्षदर्शीहरुले आगो नियन्त्रण गर्न एम्बुलेन्स र सिभिल डिफेन्सका कर्मचारीहरूले घण्टौसम्म काम गरिसकेको बताएका छन् ।

प्रारम्भिक अनुसन्धानले भवनभित्र ठूलो मात्रामा भण्डारण गरिएको इन्धनका कारण आगलागी भएको हुनसक्ने संकेत गरेको गाजाको आन्तरिक मन्त्रालयले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?