स्थिर समयले रोकेन चुनाव प्रचार : आचारसंहिता विपरीत किसान र सोनलको घरदैलो

हिमालय टाइम्स
Read Time = 2 mins

बारा । बारामा मंसिर ४ गते हुने निर्वाचनको स्थिर समय (मौन अवधि) मा आचारसंहिताविपरीत उम्मेदवारहरूको घरदैलो भएको छ । बाराको क्षेत्र नम्बर ४ मा पर्ने परवानीपुर गाउँपालिका ३ लिपनीमालमा आचारसंहिताविपरीत घरदैलो कार्यक्रम भएको हो ।

सता गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) र प्रदेशसभा सदस्य (ख) का उम्मेदवार जितेन्द्र सोनलले शुक्रबार बिहान घरदैलो गर्नुभएको हो । करिब एक सयभन्दा बढी नेता कार्यकर्ताको सहभागितामा घरदैलो भएको स्थानीयवासीले बताएका छन् ।

बिहीबार मध्यराति १२ बजेबाट चुनाव प्रचारप्रसारमा रोक लगाइएको छ । तर, यसको उल्ल‌ंघन गर्दै किसान र सोनलले शुक्रबार बिहान घरदैलो कार्यक्रम गर्दै मत मागिरहनु भएको छ ।

यसबारे खबर पाएको प्रहरीले आचारस‌ंहिताविपरीतका कार्य रोक्न बताएको छ । घरदैलो कार्यक्रम भइरहेको जानकारी आएको बताउनु भएका बाराका प्रहरी उपरीक्षक होविन्द्र बोगटीले घरदैलो  कार्यक्रम रोक्नलाई प्रहरी निरीक्षकको कमान्डमा प्रहरी परिचालन गरेको बताउनु भयो ।
-इन्दिप कोइराला

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?