दाङको चार मतदानस्थलमा महिला कर्मचारी

विवेक खड्का दाङ, संवाददाता
Read Time = 4 mins

दाङ । मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरुको निर्वाचनका लागि दाङको चार मतदानस्थलमा महिला कर्मचारीहरु मात्रै खटाइएको छ । मतदान अधिकृतदेखि सहयोगीसम्म महिलामात्रैलाई जिम्मेवारी दिइएको छ ।

घोराही–१८ मा रहेको आधारभूत विद्यालय बेलघारीको मतदान केन्द्र (क) मा महिला कर्मचारीहरु मात्रै रहनुभएको छ । त्यहाँ मतदान अधिकृत, कर्मचारी र सुरक्षाकर्मी सबै महिला मात्रै रहेको निर्वाचन अधिकृत इन्दु बसेलले बताउनुभयो । उहाँँलाई सहयोग गर्न श्रृजना शर्मा, हेमन्ता थापा, विना शर्मा, सावित्रादेवी शर्मा, दीपसना बीसी, बालिका घिमिरे र गोमा मगर रहनुभएको छ । सो मतदान केन्द्रमा नौ सय ५२ मतदाता रहेका छन् ।

त्यसैगरी सोही विद्यालयको ९ख०केन्द्रमा उर्मिला तिमल्सिना मतदान अधिकृत रहनुभएको छ । उहाँलाई सहयोग गर्न कमला खड्का,अर्चना चौधरी, इन्दिरा विक, हिरा केसी, गोमा योगी, तिला विक र गीता चौधरी गरी आठ जना महिला कर्मचारी रहनुभएको छ । सो मतदान केन्द्रमा नौ सय ७३ मतदाता रहेका छन् ।

घोराही–१७ मा रहेको प्रवि हरिद्वारको ९ग० मतदान केन्द्रमा खिमा भुसाल मतदान अधिकृत रहनुभएको छ । उहाँलाई सघाउन वसन्ती पौडेल, विपना बर्तौला, सम्झना कार्कीपरियार, कृतिसा रावत, श्रृजना भण्डारी, दिला केसी र सुमन चौधरी गरी आठ जना महिला कर्मचारी रहनुभएको छ । सो मतदान केन्द्रमा सात सय ४८ मतदाता रहेका छन् ।

सोही वडामा रहेको गोरक्षरत्ननाथ मावि चौघेराको ९क० मतादान केन्द्रमा मोतिकुमारी विश्वकर्मा मतदान अधिकृत रहनुभएको छ । उहाँँलाई सघाउन गुप्ताकुमारी अधिकारी, विश्णा नेपाली, अनिता बुढा, सरिता भण्डारी, मनिषा चौधरी, गोमा बस्नेत र पानमती कामी रहनुभएको छ । सो केन्द्रमा आठ सय १२ जना मतदाता रहेका छन् ।

दाङ जिल्लाको मुख्य मतदान अधिकृत कृपासुर कार्कीले महिलाहरु हरेक काममा सक्षम छन् भन्ने सन्देश दिने र यसप्रकारको प्रयासले समाजमा सकारात्मक सन्देश जाने बताउनुभयो । उहाँ भन्नुहुन्छ, “महिलाले मात्रै सञ्चालन गरेको नमुना मतदान स्थलले समाजमा सकारात्मक सन्देश प्रवाह हुन्छ जस्तो लाग्छ ।”

गत वैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचन महिला मात्रैले हाकेको मतदान केन्द्र घोराही–१६ सानी अम्बापुर केन्द्रमा कर्मचारीदेखि सुरक्षाकर्मीसम्म महिलाले चलाएकाले सोही अभ्यासलाई निरन्तरता दिएको गोरक्षरत्ननाथ मावि चौघेराको (क) मतदान केन्द्रका मतदान अधिकृत मोती विश्वकर्माले बताउनुभयो । स्थानीय तहको अनुभव यो निर्वाचनमा सदुपयोग गर्ने छौँ, उहाँँले भन्नुभयो । महिला कर्मचारी मात्रै खटिएको निर्वाचन केन्द्रमा सुरक्षाकर्मी पनि महिलामात्रै भएमा अझै राम्रो हुने उहाँको भनाइ छ । दाङमा एक सय ५३ मतदान स्थल र चार सय ६५ मतदान केन्द्र रहेका छन् । चार लाख १४ हजार नौ सय ५६ जना मतदाता रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?