अपाङ्गता भएका कर्मचारीहरुलाई बैतडीको एक मतदान केन्द्रको जिम्मेवारी

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 3 mins

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका ८ को त्रिपुरा सुन्दरी स्वास्थ्य चौकीमा रहेको मतदान केन्द्रमा सबै अपाङगता भएका कर्मचारीहरु खटिएका छन् । मतदान अधिकृत साहयक मतदान अधिकृतसहित सबै अपाङगता भएका कर्मचारीहरु खटिएका हुन् ।

मंसिर ४ गते हुने प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचनलाई सम्पन्न गर्न आफुसहित ८ जना अपाङ्गता भएका कर्मचारीहरु सो केन्द्रमा खटिएको मतदान अधिकृत लोकेन्द्र बहादुर चन्दले बताउनुभयो । ‘गत बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा अपाङगता भएका कर्मचारीहरुलाई खटाएको थिएन् , यो निर्वाचनमा आफूहरुलाई पनि खटाउन मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आग्रह गरेका थियौ,’ उहाँले भन्नुभयो ‘यसपालि जिम्मेवारी पायौँ र काममा खटिएका पनि छौ ।’

मुख्य निर्वाचन अधिकृतको कार्यालयले अपाङ्गता भएका कर्मचारीहरुलाई लक्षित गर्दै उक्त मतदान केन्द्रको स्थापना गरेको हो । शुक्रबार सबै राजनितिक दलका प्रमुख एवं प्रतिनिधि, बिभिन्न निकायका प्रतिनिधिहरुसँगको बैठक सम्पन्न गरिएको र निर्वाचनलाई निष्पक्ष र सान्त वातावरणमा सम्पन्न गर्नको लागि आवस्यक निर्णय गरिएको पनि सो मतदान केन्द्रमा खटिनुभएकी साहयक मतदान अधिकृत लक्ष्मी बिष्टले जानकारी दिनुभयो । मतदानमा खटिने सबै कर्मचारीहरु अपाङ्गता भएका कर्मचारीहरु भएकाले नयाँ उर्जाका साथ काम गर्ने पनि उहाँले बताउनुभयो ।

यो केन्द्र जिल्लाकै एक मात्र अपाङ्गता भएका कर्मचारी खटिएको केन्द्र हो ।अपाङ्गता भएका कर्मचारीहरुको माग अनुसार नै उनिहरुलाई मतदान केन्द्रको जिम्मेवारी दिइएको सहायक मुख्य निर्वाचन अधिकृत तिर्थराज आचार्यले जानकारी दिनुभयो । उनिहरुको अवस्थालाई हेरेर सुरक्षा सतर्कता अपनाइएको र कुनै यसबारे समस्या आएको अवस्थामा जगेडा कर्मचारीहरु खटाइने उहाँले बताउनुभयो । ‘यो नौलो अभ्यास हो, उनिहरुले यसअघि प्रस्ताव लिएर आएका थिए, उनिहरुको प्रस्तावलाई स्विकार गरेका हौँ ’ उहाँले भन्नुभयो ‘केहि त्यस्तो समस्या आएको अवस्थामा हामिसँग जगेडा कर्मचारीहरु छन् । ’

उक्त मतदान केन्द्रमा ८०७ मतदाता रहेका छन् । बैतडीमा १२९ मतदान स्थल र २१० मतदान केन्द्र रहेका छन भने १ अस्थायी मतादान केन्द्र रहेको छ । यहाँ १ लाख ५० हजार १५६ मतदाता रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?