Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

खरेलको निर्देशनमा ‘ओ वेवफा’

हिमालय टाइम्स
Read Time = 2 mins
A A- A+

काठमाडौं । चलचित्र निर्देशक माधवराज खरेलको निर्देशनमा हिन्दी गीत ‘ओ वेवफा’को भिडियो सार्वजनिक भएको छ । आरजे म्युजिक प्रोडक्सनको युट्युब च्यानलमार्फत् सार्वजनिक भएको भिडियोमा माधव आर खरेल, साक्षी लम्साल र सागर जि तामाङको अभिनय देख्न सकिन्छ । नेपाली, भोजपुरी, मैथिली, हिन्दीलगायतका विभिन्न भाषाहरूमा कलम चलाइरहनुभएका गीतकार समिर खानको शब्द रहेको उक्त गीतमा रूपक डोटेलको स्वर, राजेन्द्र बजगाईंको संगीत एवं एरेन्ज र मनोज परियारको मिक्सिङ छ ।

झण्डै आधा दर्जन चलचित्र तथा दर्जनांै म्युजिक भिडियोमा निर्देशन गरिसक्नुभएका निर्देशक खरेलले पछिल्लो युवापुस्ताले मायाप्रेमलाई धन सम्पत्तिसँग तुलना गर्नुका साथै मिलन र बिछोडको कथालाई दृश्यमार्फत् देखाउन खोज्नुभएको छ सार्वजनिक गीतको भिडियोमा । नगरकोटका विभिन्न स्थानमा छायांकन गरिएको भिडियोमा जीवन पराजुलीको छायांकन छ भने क्यामोदिन मियाको सम्पादन छ ।

स्थिर छायांकारका रूपमा राजन खरेल रहेको सार्वजनिक गीतको भिडियोलाई एनिमेटर तथा निर्देशकसमेत रहनुभएका समिर मियाले रंग संयोजन गर्नुभएको छ । एरा प्रोडक्सनको ब्यानरमा निर्माण भएको भिडियोलाई निर्माता तथा सञ्चारकर्मी कमला जोशीले निर्माण गर्नुभएको हो ।

Ek-nepal-add-2079-5-26-All-media-in-nepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?