काठमाडौं । चलचित्र ‘डिसेम्बर फल्स’ को टिजर सार्वजनिक गरिएको छ । ३० डिसेम्बर अर्थात् १५ पुसमा देशभरका सिनेमाघरमा आउने तयारीमा रहेको यो चलचित्रकोे टिजर बिहीबार युट्युब च्यानल म्युजिक डटकममार्फत् सार्वजनिक गरिएको हो ।
केही समयको विश्रामपछि अभिनेता आर्यन सिग्देललाई दर्शकले यही चलचित्रमार्फत् पुनः ठूलो पर्दामा हेर्न पाउनेछन् । उहाँलाई अभिनेत्री उपासना सिंह ठकुरीले साथ दिनुभएको छ । सार्वजनिक एक मिनेट १५ सेकेण्ड लामो टिजरमा आर्यनलाई एक्सन लभर ब्वाइका रूपमा प्रस्तुत गरिएको छ भने उपासना नर्सको भूमिकामा देखिनुभएको छ । टिजर हेर्दा अस्पतालमा बिरामीमाथि हुने गरेको लापरबाही तथा यथार्थको विषय चलचित्रले उठाएको संकेत गराउँदछ ।
बलिउडका निर्देशक प्रवीण झाको निर्देशन र सिनेमाटोग्राफर महेश आर गुप्ताको छायांकन रहेको चलचित्रलाई युवा निर्माता रामप्रसाद रिजालले निर्माण गर्नुभएको हो । यसअघि ‘वान डे’, ‘कसम’, धुवाँ यो नशा’ र ‘कायरा’ जस्ता चलचित्र निर्माण गर्नुभएका रिजाल ‘डिसेम्बर फल्स’ प्रति आशावादी हुनुहुन्छ ।
चलचित्रमा आर्यन र उपासनाका साथमा सुमन थापा, नरेश भट्टराई, सलोन बस्नेत, शिवहरि पौडेल, नागेन्द्र रिजाल, शिशिर राणालगायत कलाकारको अभिनय छ । रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्मित चलचित्रको प्रस्तुतकर्ता रामप्रसाद रिजाल हुनुहुन्छ भने कार्यकारी निर्मातामा लक्ष्मण रिजाल र असिम काफ्ले रहनुभएको छ । रामप्रसाद रिजाल र राजकुमार भट्ट निर्माता रहेको चलचित्रको कथा विपिका खनालले लेख्नुभएको हो । विपिका पेशाले नर्स हुनुहुन्छ । पटकथा र संवाद भने केदार भुसाल र प्रतीक पौडेलले तयार पार्नुभएको हो ।
वनिष शाहले सम्पादन गरेको चलचित्रमा श्री श्रेष्ठको द्वन्द्व निर्देशन, कविराज गहतराज, रामजी लामिछाने, शिशिर खाती र प्रवीण सिंहको कोरियोग्राफी छ । यो चलचित्रको वितरण सुनिल मानन्धरले गर्दै हुनुहुन्छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका