डाइनामिकले बिगुमा ४० मेगावाट विद्युत् उत्पादन गर्ने

Read Time = 2 mins

काठमाडौं । चालु आर्थिक वर्षको कात्तिकमा ९० प्रतिशतले उद्योग दर्ता घटेको छ । उद्योग विभागको तथ्यांकअनुसार गत कात्तिक महिनाको तुलनामा ९० प्रतिशतले उद्योग दर्ता घटेको हो । गत वर्षको कात्तिकमा देशभर ३० साना, मझौला र ठूला उद्योग दर्ता भएका थिए । तर, यस वर्ष कात्तिकमा तीनवटामात्रै दर्ता भएका छन् ।

विभागका अनुसार कात्तिक महिनामा तीन उद्योगले आठ अर्ब ३१ करोड एक लाख ५२ हजार रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् । गत वर्षको सोही अवधिमा देशभरका व्यवसायी तथा विदेशी लगानीकर्ताले १२ अर्ब ६८ करोड ६५ लाख रुपैयाँको लगानी प्रतिबद्धता जनाएका थिए । कात्तिकमा विदेशी लगानीमा कुनै पनि उद्योग दर्ता भएका छैनन् ।

दोलखाको बिगु गाउँपालिका १ मा डायनामिक हाइड्रो इनर्जी प्रालिले ४० मेगावाटको विद्युत् उत्पादन गर्ने जनाएको छ । कम्पनीले जलविद्युत् आयोजनाका लागि पाँच अर्ब ९१ करोड ६७ लाख ६० हजार रुपैयाँ लगानी प्रतिबद्धता जनाएको छ । आयोजनाबाट ३८ जनाले रोजगारी पाउनेछन् ।

त्यसैगरी रसुवाको उत्तरगया गाउँपालिकाका माथिल्लो मैलुङखोला जलविद्युत् लिमिटेड आयोजनाले १३ मेगावाटको विद्युत् उत्पादन गर्ने गरी लगानी प्रतिबद्धता जनाएको छ । कम्पनीले आयोजनाका लागि दुई अर्ब ३४ करोड ३३ लाख ९१ हजार रुपैयाँ लगानी गर्नेछ भने ४० जनाले रोजगारी पाउनेछन् । त्यस्तै, कात्तिकमा काठमाडौंमा पाँच करोड लगानीमा युनिभर्स प्रालि उद्योग दर्ता भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?