खल्तीको वल्र्डकप अफर

Read Time = 1 min

काठमाडौं । खल्तीले पाँच सय ६५ रुपैयाँमा खरिद गर्न सकिने वल्र्डकप टिभी प्याकेज ल्याएको छ । कम्पनीले आफ्ना प्रयोगकर्ताका लागि एक हजार वल्र्डकप टिभी प्याकेजको रोमाञ्चक उपहार ल्याएको हो ।

खल्ती प्रयोगकर्ताले विश्वकप खल्ती क्विज, डिल डे अफर, दामी क्युआर स्क्यानमा सहभागी भई विश्वकप टिभी प्याकेज जित्न सक्नेछन् भने केही भाग्यशालीले विश्वकप टिभी प्याकेज खरिदमा शतप्रतिशत क्यासब्याक पाउनेछन् ।

खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले विश्वभर सबैभन्दा धेरै हेरिने खेलकुद इभेन्टमध्ये विश्वकपको क्रेजलाई ध्यानमा राख्दै प्रत्येक नेपालीको घर-घरमा सेवा तत्काल उपलब्ध गराउने सुनिश्चित गर्न डिजिटल भुक्तानी सुविधा ल्याएको बताउनुभएको छ । खल्ती एपभित्र नेट टिभीलगायतका अन्य टिभी प्रदायकको वल्र्डकप टिभी प्याकेज उपलब्ध छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?