सेञ्चुरीको पदमपुर शाखा स्थानान्तरण

Read Time = 1 min

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले पदमपुर शाखा स्थानान्तरण गरेको छ । बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले स्थानान्तरित शाखा शुभारम्भ गर्नुभएको हो । सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने, प्रमुख कर्जा अधिकृत राजेश भण्डारीलगायत बैंकका कर्मचारी तथा स्थानीयवासीको उपस्थिति थियो ।

देशका सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यका साथ बैंकले देशका विभिन्न स्थानमा शाखा, शाखारहित बैंकिङ तथा एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याई सेवा प्रदान गर्दै आएको छ । बैंकले १४८ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ र ११५ एटिएममार्फत् वित्तीय सेवा प्रदान गर्दै आएको जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?